Monday, 28, September, 2020 info@saipalnews.com

सुदुरपश्चिमको मत परिणाम सार्वजनिक,स्वाँर,भट्ट बिजयी

माघ ९ डोटी । राष्ट्रिय सभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट र तारमान स्वार बिजयी भएका छन । महिलातर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मत प्राप्त गरेर बिजयी हुनु भने स्वारले तीन हजार ७ सय २० मत प्राप्त गरेका हुन । नेपाली काँँग्रेसका उम्मेदवार तुलसी देबकोटाले १ हजार ८ सय ५४ मत प्राप्त गरेका छन । काँग्रेस उम्मेदवार देवकोटा भन्दा नेकपा उम्मेदवार भट्टले १ हजार ८ सय ८४ मतले पछि पार्दै बिजयी हुनु भएको हो ।

नेकपाका उम्मेदवार तारामान स्वारका प्रतिद्वन्द्वी प्रताप ठगुन्नाले एक हजार ८ सय ४२ मत प्राप्त गरेका छन। काँग्रेस उम्मेदवार ठगुन्ना भन्दा स्वारले १ एक हजार ८ सय ७२ ठिक दोब्बर मतले बिजयी भएका हुन । राष्ट्रिय सभा निर्वाचनका लागि भएको मतदानमा स्थानीय तहका प्रमुख तथा उप प्रमुखले मतदानमा तिन मत बदर भएको मूख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले जानकारी दिनु भएको छ । एक मत अर्को मतपेटिकामा खसेको र दुई मत बक्स भन्दा बाहिर मतदान गरेका कारण बदर भएको हो ।