Wednesday, 02, December, 2020 info@saipalnews.com

एमसीसीको विरोधमा सत्ता र प्रतिपक्षका शीर्ष नेताको पुतला दहन

माघ १० डडेल्धुरा  । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र सूचना विधेयकको विरुद्धमा डडेल्धुरा सदरमुकाममै देउवा लगायत शीर्ष नेताको पुतला दहन गरिएको छ।

डडेल्धुरा मै पुर्व प्रधानमन्त्रि शेरवहादुर देउवाकाे पुत्ला दहन हुन नेपाली काङ्ग्रेस भित्रकाे चरम गुटवन्दि काे प्रभावका रुपमा अड्कल गरिएकाे छ । पछिल्लाे समय डडेल्धुरा जिल्ला सभापति कर्णवहादुर मल्ल र देउवा समूह विच निकै तिक्तता देखिन्छ, देउवाकै गृह जिल्लामा उनकै कार्यकर्ता द्वारा पुत्ला दहन गर्नु लाई देउवा प्रतिको आन्तरिक असन्तुस्टि र गुटकाे प्रभावका रुपमा लिन सकिन्छ।

साँझ जिल्ला सदरमुकामको भीमदत्त सालिक नजिकै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरिएको हो।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको स्वाधीनताको विरुद्धमा भएको यसको खारेज गर्नु पर्ने भन्दै आफूहरुले पुत्ला दहन  गरेको प्रर्दशनमा सहभागीले बताए।

नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसीसी अगाडि सारेको भन्दै उनीहरुले जिल्ला सदरमुकाममा मोटर साइकल र्याली समेत निकालेका छन्। एमसीसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसद्बाट पारित भएर लागू भए नेपालको स्वाधीनता समाप्त हुने र चीन विरुद्ध नेपालीभूमि प्रयोग गर्ने उद्देश्यका साथ एमसीसी आएको भन्दै खारेज हुनुपर्ने प्रदर्शनकारीको माग रहेको छ ।

साथै उनिहरुले मिडिया काउन्सिल विधेयक फिर्ताको माग समेत गरेका छन्। सरकारले माग पुरा नगरे थप आन्दोलन चर्कोउने चेतावनी पनि दिएका छन्।