Tuesday, 29, September, 2020 info@saipalnews.com

ठूला भ्रष्ट्राचारीका पक्षमा प्रधानमंत्री ओली ।

माघ १०  काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न’ भन्दै आएका छन् । तर, उनै प्रधानमन्त्रीको हस्ताक्षरसहित राष्ट्रियसभामा प्रस्तुत भएका दुईवटा ऐनका संशोधन प्रस्तावमा ठूला भ्रष्टाचारजन्य कसुरमाथि हदम्याद तोकिएको छ । साविकको कानूनी व्यवस्था अनुसार सबै तहका भ्रष्ट नेता एवं कर्मचारीमाथि बाँचुञ्जेलसम्म मुद्दा चलाउन सकिन्छ । तर, प्रधानमन्त्री ओलीले संसदमा प्रस्तुत गरेका दुई विधेयकमा ठूला ओहोदाका भ्रष्टाचारीमाथि पाँच वर्ष कटेपछि मुद्दा चलाउन नपाइने प्रावधान घुसाइएको छ । सानातिनाले गरेको सम्पत्ति हिनामिनामा मात्र हदम्याद नलाग्ने दोहोरो व्यवस्था प्रस्ताव गरिएको छ ।

सरकारले भ्रष्टाचार निवारणसम्बन्धी ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोेधन गर्न बनेको विधेयक यसैसाता राष्ट्रिय सभाको विधेयक शाखामा दर्ता गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर रहेका दुबै विधेयकमा ठूला भ्र’ष्टाचारीहरुमाथि मुद्दा चलाउने अवधि ५ वर्ष तोकिएको छ । भ्रष्टाचारसम्बन्धी मुद्दामा ५ बर्षे हदम्याद राखेर सरकारले कानून प्रस्ताव गरेपछि अब नेताहरुलाई जोगाउने खेल हुन सक्ने भन्दै कानूनविदहरुले चिन्ता प्रकट गरेका छन् । सर्वोच्च अदालतको फैसलाविपरीत यस्तो विधेयक आएको उनीहरुको तर्क छ ।