Thursday, 22, October, 2020 info@saipalnews.com

तीन पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन

माघ १० अछामबुढीगंगा जलविद्युत आयोजनाको सबस्टेशन जोडने पुल निर्माणमा पटक–पटक म्याद थपिदा पनि काम सम्पन्न हुन सकेको छैन । दुई बर्षमा निर्माण कार्य पूरा गर्ने गरि ठेक्का भएको उक्त पुलको निर्माण कार्यमा ढिलाई भएको छ ।
ठेक्का पाएको हिम सगरमाथा श्रीगिता श्यामशुन्दर जे.भि.ले दुई बर्षमा पुल निर्माणको काम सक्ने गरि २०७३ भदौ २९ गते ठेक्का लिएको थियो । तर तीन पटक सम्म म्याद थपिदा पनि पुल निर्माणको काम अधुरै रहेको छ ।
दुई बर्षमा सक्नु पर्ने उक्त पुल १२ करोड ५२ लाखमा हिम सगरमाथा श्रीगिता श्यामशुन्दर जे.भि.ले ठेक्का पाएको थियो । तर, अहिले ४५ महिना सम्म पनि पुल निर्माणको कार्यले तिव्रता पाएको छैन ।
पटक–पटक म्याद थप्दा समेत पुल बन्न नसकेको बुढीगंगा जलविद्युत आयोजनाका साईड ईन्चार्ज बिर बहादुर बोहराले बताए । सुरुमा दुई बर्षका निर्माण कार्य सक्ने गरि हिम सगरमाथा श्रीगिता श्यामशुन्दर जे.भि.ले ठेक्का लियो तर तीन पटक म्याद थप्दा पनि पुल निर्माणको कार्य पुरा हुन सकेको छैन । उनले भने ‘तोकेको दुई बर्षको अवधिमा पनि पुल बन्न नसक्दा सुरुमा नौ महिना म्याद थपियो तर पुल बन्न सकेन ।’
 त्यस पछी पनि क्रमशः नौ र छ महिनाको म्याद थप भए पनि  काम भने सुस्त गतिमा भइरहेको छ ।
  नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएको छ ।
विद्युत विकास विभाग अन्तरगतको बुढीगंगा जलविद्युत आयोजना कार्यालयले आर्थिक वर्ष २०७३/०७४ मा नै डिपिआर तयार गर्ने लक्ष्य निर्धारण गरेको भए पनि परामर्शदाता कम्पनीले तीन वर्ष ढिलो डिपिआर तयार गरिएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाको विस्तृत ईन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव मुल्यांकनको जिम्मेवारी पाएको अन्तराष्ट्रिय परामर्शदाता स्मेक र काठमाडौंको उदय जेभीले डिपिआर तयार गरेर बुझाएको छ ।
नेपाल विद्युत प्राधिकरणले सन् १९९७ मै आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मुल्यांकन गरेको थियो । आयोजनाको इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव मुल्यांकन अध्ययन गर्नका लागि ४ जुलाई २०१२ मा कुवेती फण्ड फर अरब इकोनोमिक डेभलप्मेन्टसंग पाँच मिलियन कुवेती दिनार एक अर्ब ८० करोड नेपाली रुपैयाँको ऋण सम्झौता भएपछि नेपाल सरकारले बुढीगंगा जलविद्युत आयोजना कार्यालय स्थापना गरेको थियो ।