Sunday, 20, September, 2020 info@saipalnews.com

राष्ट्रिय हितमा काम गर्न राष्ट्रियसभा सदस्यलाई नेता रावलको आग्रह

माघ १० अछाम ।नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भीम रावलले हालै निर्वाचित राष्ट्रिय सभा सदस्यहरुले देशकोराष्ट्रियता, स्वाधीनता तथा अखण्डताको पक्षमा अझै सक्रिय भएर काम गर्नुपर्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्यलाई बधाई दिन अछामको साँफेबगरमा आयोजित कार्यक्रममा बोल्दै नेता रावलले माघ ९ गते १८ सिटका लागि भएकोराष्ट्रिय सभा चुनावमा  १६ सिटमा नेकपाका सदस्य निर्वाचित भएका र सुदूरपश्च्मि प्रदेशका दुईवटै सिटमा नेकपाका उम्मेद्धार तारामानस्वार र शारदा भट्ट बिजयी भएका जानकारी दिए ।

 नेकपा पार्टी स्थापना कालदेखि नै जनजिविका, जनहित, राष्ट्रियता, स्वाधीनता, अखण्डता लगायतका सवालमा दृढ रुपमा अघिबढीरहेको र पार्टीको आदर्श नै यही भएकाले यसमा कोही कसैले बिचलित हुन नहुनेमा उनको जोड थियो । पूर्व उपप्रधानमन्त्री समेतरहेका  नेता रावलले सरकार तथा पार्टीलाई सफल बनाउन सबै नेता कार्यकर्ता प्रतिबद्ध भएर लाग्नुपर्ने र आगामी निर्वाचनमा अझैजनताको माया पाउनुपर्नेमा जोड दिए  ।

कार्यक्रममा राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य नेकपाका केन्द्रीय सदस्य तथा अछाम ईन्चार्ज तारामान स्वार आफ्नो जित सम्पूर्णकार्यकर्ताको जीत भएको बताए । स्वागत कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी सदस्य तथा नगर इन्चार्ज सिव कुवँरकोअध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा नेकपा जिल्ला अध्यक्ष शेरबहादुर कुवँर, नेकपा नेता भरत साउद, नेकपा जिल्ला कमिटी सचिव झपट साउदले आफ्ना धारणा राखेका थिए ।