Wednesday, 21, April, 2021 info@saipalnews.com

वाद-विवादबीच सार्वजनिक सुनुवाई सम्पन्न

माघ १० अछाम । बान्नीगढी जयगढ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा विवाद भएको छ । विवादका बीच सार्वजनिक सुनुवाई कार्यक्रम समापन गरिएको छ । आर्थिक वर्ष २०७५/७६ को निती तथा कार्यक्रमको सार्वजनिक सुनुवाइका क्रममा प्रश्न जवाफका क्रममा विवाद उत्पन्न भएको हो ।कार्यक्रममा सहभागीहरुले राखेका प्रश्नहरुको जवाफ नआएको भन्दै सहभागीहरुले जवाफ पाउनु पर्ने आवाज उठाएपछि विवाद भएको थियो ।

कार्यक्रमका सहभागीले बान्नीगढी जयगढ गाउँपालिका अध्यक्षको प्रायोजनका लागि मासिक रुपमा भाडामा गाडी लिएको भए पनि गाउँपालिकाका एक वडा अध्यक्षले सरकारी कामकाजका लागि जिल्ला बाहिर जाँदा अर्कै गाडीको बिल पेश गरि करिव ५० हजारभुक्तान लिन खोजेको विषयमा गाउँपालिका अध्यक्षबाट जवाफ माग गरेका थिए ।

उक्त प्रश्नको जवाफ नदिई गाउँपालिका अध्यक्ष राजेन्द्र खड्काले कार्यक्रम समापनको घोषणा गरेका थिए । उँपालिकाले गत आर्थिक वर्षमा गरेका काम कारबाही विषयमा राखेका जिज्ञासाको जवाफ नदिई कार्यक्रम समापन गर्न खोज्दाविवाद  भएको नेकपाका जिल्ला सचिवालय सदस्य नवराज साउदले जानकारी दिएका छन् ।

जनताले गाउँपालिकाका काम कारबाहीका विषयमा उठाएको प्रश्नहरुको जवाफ दिन नसकेपछि कार्यक्रम समापन गर्नुले गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर खड्काले लाचारीपन प्रस्तुत गरेको नेकपा नेता साउदको भनाई छ । स्थानीय जनताले सोधेका प्रश्नको उत्तर दिन नसकि गाउँपालिका अध्यक्ष खड्काले कार्यक्रम समापन गर्नु आफैमा लज्जास्पद विषय भएको गाउँपालिका उपाध्यक्ष लोकबहादुर साउदले बताएका छन् ।