Wednesday, 25, November, 2020 info@saipalnews.com

गाउँपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता जारी

माघ १० अछाम । चौरपाटी गाउँपालिकामा जारी गाउँपालिका स्तरिय रनिङ  सिल्ड प्रतियोगितामा आज पनि विभिन्न खेलहरू सम्पन्नभएका छन । आज सम्पन्न खेलमा छात्र तर्फ बैजनाथ मावि पायलले लमजङ,सटफुट, १०० मिटर दौड, ८००, १५०० र ३००० मिटर दौड प्रतियोगितामाप्रथम स्थान हासिल गरेको छ ।

यस्तै त्रिपल जम्फ र २०० मिटर दौडमा द्वितीय स्थान हासिल गरेको छ भने छात्रातर्फ हाईजम्फमा प्रथमस्थान हासिल गरेको छ । यस्तै सिउडि माविले छात्रा तर्फ ज्याब्लिंग थ्रोमा प्रथम स्थान हासिल गरेको छ । छात्रा तर्फ ज्याब्लिंग थ्रो, १००, २००,४००,८००,१५०० मिटरमा प्रथम स्थान हासिल गरेको छ । यस्तै शान्ति मावि मार्कुले छात्र तर्फ त्रिपल जम्प,२००र ४०० मीटर दौडमाप्रथम स्थान प्राप्त गरेको छ ।

दयापिपलतोला मावि लुँग्राले छात्रा तर्फ सटफुट र ३००० मिटरमा प्रथम स्थान हासिल गरेको छ । छात्रातर्फ लङजम्प  र टिपलजम्पमा दशपल्ले मावि सोकटले प्रथम स्थान बाजि मारेको छ ।  भलिवल, कवडिका सेमि फाईन र फाईल खेल भोली सम्पन्न गरिने आयोजकले जनाएको छ ।