Sunday, 20, September, 2020 info@saipalnews.com

पर्वत अस्पतालमा मुटु शिविर सम्पन्न

माघ ११ पर्वत । जिल्ला अस्पतालको ३० औं स्थापना दिवस तथा छैठौं पर्वत महोत्सवको अवसर पारेर आयोजना गरिएको निःशुल्क मुटु शिविरमा ४ सय २ जना व्यक्तिले स्वास्थ्य लाभ गर्नुभएको छ । ति मध्ये १० जनाको मुटुको अपरेशन गर्नुपर्ने देखिएको छ भने २१ जनाले फलोअपमा बस्नुपर्ने अवस्था भेटिएको छ ।

हाम्रो अनुरोधलाई स्विकार गरि निःशुल्क ईको ईसिजि  र निःशुल्क औषधी समेत वितरणको व्यवस्था मिलाएको छ ।  साथै अपरशेन गर्नुपर्नेहरुका लागि विशेष छुटको दिएको छ । पर्वत अस्पतालको वर्तमान क्षमता र दरवन्दीको अतिरिक्त थप सेवा विस्तार गर्ने अभियानमा हामी निरन्तर क्रियाशिल छौं ,यहाँहरुको निरन्तर सहयोग, सुझाव र सल्लाहले हामीलाई थप काम गर्न प्रोत्साहित मिल्ने गरेको अस्पतालका अध्यक्ष गोविन्द्र पहाडीले बताएका छन् ।