Tuesday, 20, October, 2020 info@saipalnews.com

स्थायी राजधानी निर्माण चाँडै बन्छ : मन्त्री सुवेदी

माघ ११ अत्तिया  । सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले प्रस्तावित राजधानीको काम अगाडी बढिरहेकोबताएका छन् ।आफ्नो निर्वाचन क्षेत्र रहेको अत्तरिया बजारका मतदाता र ब्यवसायीहरुसंग भेटघाटका अवसरमा मन्त्री सुवेदीले उक्त जानकारी दिएका हुन्।

सुदूरपश्चिम सरकारले अत्तरियाको गोदावरी क्षेत्रलाई प्रदेशको राजधानीका रूपमा विकास गर्ने घोषणा गरे पनि थप काम हुन सकेको थिएन् । प्रदेश सरकारले राजधानी निर्माणमा कुनै चाँसो नदेखाएपछि गोदावरी क्षेत्रमा राजधानी हुने वा घोषणामा सिमित हुने भन्ने दुविधा उत्पन्न भएको थियो ।

जनता र स्थानीयसंगको भेटमा मन्त्री सुवेदीले प्रदेशको स्थायी राजधानी निर्माणका लागि केन्द्रमा फाइल पठाएको जानकारी दिए । उनले भने ‘राजधानीकालाग् भौतिक संरचना निर्माण गर्न  जग्गाप्राप्ति आवश्यक भएकोले संघीय सरकारबाट अनुमति प्राप्त गर्ने प्रक्रियामा रहेको छ ।’

संघीय सरकारबाट फाईल स्वीकृत भएर आउने बित्तिकै भौतिक संरचना निर्माणले तिब्रता पाउने मंत्री सुवेदीको दावि थियो । एक अर्को प्रसंगमा मन्त्री सुवेदीले प्रदेश सरकार जनताका समस्या समाधानमा केन्द्रीत रहेको बताएका थिए । जनताका पक्षमा काम गर्दै जाँदा केहीतत्व आत्तिएको भन्दै मन्त्री सुवेदीले तिनिहरूले केही विषय नपाएपछि सरकारलाई बद्नाम गर्न एम्वुलेन्स खरीदमा अनियमितताको आरोपलगाएको बताए ।

प्रायोजित समाचार लेखेर केही नहुने भन्दै मन्त्री सुवेदीले २०१९ मोडलका एम्वुलेन्सलाई २०१४ मोडेल भनेर प्रचार गरेको भन्दै आपत्ति प्रकट गरे । हुँदा हुँदा ड्राइभरले दुर्घटना गराएका गाडीहरूमा पनि मन्त्रालय दोषी भन्दै समाचार आएको मन्त्री सुवेदीले स्पष्टपारेका थिए ।