माघ ११ धनगढी । धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले निःशुल्क मधुमेह जाँच र घरदैलो अभियानको सुरुवात गरेको छ । जाँच अभियान धनगढी उपमहानगर पालिका ६ ढुङ्गेबजारमा रहेको कृष्ण मन्दिरमाबाट सुरुवात गरेको हो । सहरी क्षेत्रमा मधुमेहकोप्रकोप बढेपछि अभियान सुरूवात गरेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष मिन बहादुर धामीले बताए ।
मधुमेह अर्थात डाइबिटिज रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग हो । इन्सुलिन हर्मोनको अनियमितता हुदा मधुमेह हुने भन्दैधामीले खान पान र नियमित शारीरिक अभ्यासले मधुमेह नियन्त्रण हुने जानकारी दिए ।
कृष्ण मंदीरका अध्यक्ष उमाकान्त जोशीबाट रगत लिएर कार्यक्रमको शुभारम्भ भएको थियो । मधुमेह जाँच शिविरमा महिला पुरुष गरीजम्मा एक सय पांच जनाको रगत जाँच परिक्षण भएको छ । रगत परिक्षण गरेका मध्ये दश जानलाई मधुमेह सुगरको लक्षण देखापरेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्धक निर्देशक महेन्द्र साउदले वताए ।