Saturday, 26, September, 2020 info@saipalnews.com

नेपाली सेनाद्धारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

माघ ११ डोटी । जिल्लाको के आई सिंह गाउँपालिका वडा नम्बर ३ बासुदेविमा नेपाली सेनाको रुद्रध्वज गण डोटीले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दा ४ सय १५ जनाले स्वास्थ्य सेवा लिएका छन् । के आई सिंह गाउँपालिका र शैलेश्वरी अस्पतालको समेत सहयोग रहेको उक्त शिविरबाट १ सय ३८जना पुरुष र २ सय ७७ जना महिलाहरुले सेवा लिएको रुद्धध्वजगणका गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले बताए ।

उनले भने ‘ग्रामीण भेगमा बसोबास गर्ने समुदायको स्वास्थ्य सेवामा सहज पहुच नहुदाँ स्वास्थ्य उपचारबाट बञ्चिन हुनु नपरोस स्वास्थ्य सेवामा सहयोग पुगोस भन्ने उद्देश्यले शिविरको आयोजना गरेको बताए ।’

शिविरबाट विशेष गरि न्यून आय स्तर भएका, दलित, गरिब घरपरिवारहरु बढी लाभाम्बीत भएको अपेक्षा गरिएको समेत प्रमुख सेनानी खड्काले बताए । शिविरमा ३५ जनाले दाँतको परिक्षण १९ जना महिलाहरुको भिडियो एक्सरे मार्फत गर्भवति चेकजाँच, ६७ जना बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरीएको थियो ।

शिविरमा पुरुषहरुको तुलनामा महिलाको उपस्थिती बढी देखिएको छ । सेवा लिन आउने अधिकांश सेवाग्राहीको छाला, कान, आखा, ढाड दुख्ने जस्ता समस्याहरु देखिएको टोलीमा सहभागि प्राबिधीक उप सेनानी डाक्टर वविता सिलवालले बताईन् । उनले भनिन्‘ शिविरमा सेवा लिन आउनु भएको मध्य  त्यस्तो धेरै जटील रोगले ग्रसित त कोही भेटीएनन् तर सामान्य तय उपचार गरेपछी ठीक हुने लक्षणका विरामीहरु घेरै भेटीए उपचार पछी ठीक हुन्छ  ।

महिलाहरुमा पाठेघर सम्बन्धी समस्या,नसा, छाला, ढाड दुख्ने, घुडाको हड्डी खिइएको जस्ता रोगहरु भएका बिरामीहरु बढी देखिएको शिविरमा संलग्न शैलेश्वरी अस्पताल दिपायलमा कार्यरत स्त्रीरोग बिशेषज्ञ डाक्टर दुर्गाराज मर्हजनले बताए । उनले भने ‘उपचारको क्रममा हेर्दा समान रुपका लक्षण भएका विरामीहरु बढिछन् चेकजाँच पछी औषधी उपलब्ध गराएका छौ सन्चो पक्कै हुन्छ’ उपचार गरेको मध्य एक जना अलि जटिल एपेन्डीक्स फुटेको जस्तो लक्षण भएको अप्रेशन गर्नुपर्ने जस्तो विरामी भेटीएको जसलाई भोली स्वास्थ्य संस्थामा जान सुझाव दिएको समेत डा,मर्हजनले बताए ।

बालबालिकाहरुलाई राम्रो सँग हेरविचार नगर्दा बालबालिका हरुमा छाला, कान,रुघाखोकी सम्बन्धी रोग भएका बालबालिकाहरु भेटीएका शिविरमा संलग्न डडेलधुरा अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर ललित सुरीले बताए ।

नेपाली सेनाले निशुल्क रुपमा स्वास्थ्य शिविरको आयोजना गर्दा सयौ स्थानीयबासीले आफ्नो घर आगनमा निशुल्क रुपमा सेवा उपभोग गर्न पाउँनु सौभाग्यको कुरा रहेको केआई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए । उनले भने ‘नेपाली सेनामा जुन देश र जनताप्रति भावना छ आज आफ्नै आखाँ अघाडी प्रमाणीत भयो’ शिविर आयोजना गरकोमा नेपाली सेनालाई धन्यवादका साथै आगामी दिनमा सामाजिक कार्यमा नेपाली सेनासंग सहकार्य, समन्वय र सहयोग गर्न तयार रहेको समेत अध्यक्ष शाहीले बताए ।

गाउँपालिकाको सहयोगमा शिविरमै कानको समस्या भई कान सुन्न नसक्नेहरुका लागि सुन्नमा सहयोग पुग्ने हियरीङ एड नामक उपकरण ५ जना पुरुष र ४ जना महिलालाई सहयोग गरेको थियो । शनिबार एक दिन मात्र संचालन भएको शिविरमा नेपाली सेनाका प्राबिधिक उप सेनानी डा बबिता सिलवाल, प्राबिधिक उपसेनानी  डा,यमुना थापा शैलेश्वरी अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा। दुर्गा राज मर्हजन डडेलधुरा अस्पतालमा कार्यरत बालरोग बिशेषज्ञ डा,ललित सुरी, डडेलधुरा अस्पतालमै कार्यरत जर्नल फिजिसियन डा, उत्तम भट्टको टिम रहेको थियो ।

शिविरमा नाक, कान, घाँटी, दाँत, आँखा, छाती, गाईनो, भिडीयो एक्सरे, छाला लगायतका विभिन्न रोगको चेकजाँच गरिएको थियो । साथै शिबिरमा नेपाली सेनाले निःशुल्क औषधि उपलब्ध गराएको थियो ।