Wednesday, 02, December, 2020 info@saipalnews.com

बसको ठक्करबाट एक जनाको मृत्यु

माघ ११ सर्लाही । वाग्मतीमा आज बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ग१ख ८१४० नंको यात्रुवाहक बसले ठक्कर दिँदा वाग्मती नगरपालिका– २ धरहरा निवासी ५२ वर्षीय छोयाङ दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक सुवास भट्टराइले जानकारी दिनुभयो ।

नयाँरोड मधुवनी सडकखण्डअन्तर्गत सडकमा हिँडिरहेको अवस्थामा पछाडिबाट बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालिकाको शव परीक्षणका लागि सदरमुकाम मलङ्गवास्थित जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।