Monday, 18, January, 2021 info@saipalnews.com

राजपा सँगको सहकार्य राम्रो शुरुआत : रक्षा पोखरेल

माघ ११ महोत्तरी । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०  र राष्ट्रिय जनता पार्टी  राजपा  बीचको सहकार्य राम्रो शुरुआत भएको बताउनुभएको छ । बर्दिवासमा नेकपा महोत्तरीद्वारा आयोजित प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्वाचित प्रतिनिधिलाई आज बधाइ ज्ञापन गर्दै  उहाँले  राजपासँगको सहकार्यले निर्वाचनमा राम्रो परिणाम आएको छ भन्नुभयो ।

“राष्ट्रियसभा निर्वाचनमा दुवै दलको आवश्यकताले हामीबीच सहकार्य भयो”, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “अब मुलुकको समृद्धि अभियान अघि बढाउन यो सहकार्य अझ विश्वासिलो र सुदृढ बन्नु पर्दछ ।”

कार्यक्रममा नेकपाका प्रदेश नं २ का इञ्चार्ज एवम् प्रदेशसभा २ मा विपक्षी दलका नेता सत्यनारायण मण्डल, पार्टीका प्रदेश २ का सहइञ्चार्ज विश्वनाथ साहसहितका नेताहरुले नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाइ बधाइ ज्ञापन गर्नुभएको थियो ।

नेकपाबाट राष्ट्रियसभामा निर्वाचित तुलसा दाहाल र राधेश्याम पासवानले जनअधिकार र जनचासोका केन्द्रित रहने प्रतिबद्धता जनाउनुभयो । नेकपाका केन्द्रीय सदस्य तथा महोत्तरीका इञ्चार्ज राजु खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।