Wednesday, 25, November, 2020 info@saipalnews.com

जिल्ला अस्पतालमा बिशेषज्ञ डाक्टर ल्याउछु : नगरप्रमुख मलासी

माघ ११ डोटी । जिल्ला अस्पताल डोटीलाई बिशेषज्ञ डाक्टर ल्याउनका लागि  स्थानीय तहले अनुदान दिनका लागि तयार रहेको दिपालय सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले बताउनु भएको छ ।  जिल्ला अस्पताल डोटीमा दन्त उपचार इकाईको उद्घाटन गर्दै मियर मलासीले उक्त कुरा बताउनु भएको हो ।

जिल्ला अस्पतालको सेवा क्षेत्रका स्थानीय तहसंग समन्वय भइरहेको मलासीले जानकारी दिनु भएको छ । जिल्लामै पहिलो पटक दाँत सम्बन्धीको उपचार गर्नका लागि छुट्टै इकाई सञ्चालनमा आउन लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताउनु भएको छ ।

दन्त उपचार इकाई स्थापना भएपछी दाँत झिक्ने, सफा गर्ने, दाँत भर्ने सेवा उपलब्ध हुने मेडिकल सुपरिटेण्डेन डाक्टर जोती पाण्डेले जानकारी दिए । जिल्ला अस्वतालमा यो पहिलो पटक भएता पनि अन्य निजी अस्पतालहरुले भने यो सेपा पहिलेदेखि दिदै आएका छन् ।