Saturday, 28, November, 2020 info@saipalnews.com

नेकपा अछामको सचिवालय बैठक सम्पन्न

 

माघ १२ अछाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी अछामको सचिवालयको दोस्रो बैठक पार्टी कार्यालय मंगलसेनमा सम्पन्न भएको छ । नेकपाका जिल्ला कमिटी अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकमा नेकपाका केनद्रीय सदस्य एवं अछाम जिल्ला सह-इन्चार्ज शरदसिंह भण्डारी प्रमुख आतिथी रहेका थिए । बैठकमा सुदुरपश्चिम प्रदेश कमिटी सदस्यहरु भरत साउद, कुलबहादुर कुँवर, लोकबहादुर बोहरा, सरस्वती रावल लगायतको उपस्थितीरहेको बैठकले निम्न निर्णय गरेको थियो ।

  • पार्टिको आज बसेको सचिवालय बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरु
  •  
  • पार्टी केन्द्रले दिएको निर्देशन बमोजिम पार्टी सदस्यता नवीकरण आगामी चैत्र मशान्त भित्र गरिसक्ने र सो को लागि पार्टीका जिल्लाकमिटीका सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ।
  •  
  •  पार्टी केन्द्रले तय गरेको पार्टी सदस्य आचारसंहिता कडाइका साथ लागू गर्ने निर्णय गरिएको छ।
  •  
  •  स्थानीय तहमा पार्टीबाट निर्वा्चित जनप्रतिनिधिहरु र पार्टीको बिचमा समन्वय गरि जनताको पक्षमा काम गर्न बिशेष पहल गर्ने निर्णयगरिएको छ।
  •  
  •  बैठकले भर्खरै सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट बिजयी पार्टी केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज तारामान स्वारलाई बधाइतथा कार्यकालको सफलताको शुभकामना ब्यक्त गरेको छ।

 

साथै आजै मंगलसेन ननरपालिका वडा नम्वर ५ निवासी नरबहादुर ओड लगायत नेपाली काङ्ग्रेस परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी९नेकपा० मा प्रवेश गरेका नव प्रवेशीलाई पार्टी केन्द्रिय सदस्य शरदसिंह भण्डारिले स्वागत गरेका थिए ।