Thursday, 24, September, 2020 info@saipalnews.com

सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

माघ १३, काठमाण्सडौ । सभामुखमा निर्वाचित भएका अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिएका  छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित सपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई सपथ गराएकि थिईन ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, नेकपा नेताहरू उपस्थित रहेको थियो । सापकोटा प्रतिनिधिसभाबाट आइतबार सर्वसम्मतले सभामुख निर्वाचित भएका हुन् । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा दुई पटक मन्त्री समेत भईसकेका छन् ।