Saturday, 28, November, 2020 info@saipalnews.com

प्राथमिक स्वास्थ्य केन्द्र चौरमाण्डौमा एक्सरे मेसिन जडान

माघ १३,अछाम  प्राथमिक स्वास्थ्य केन्द्र चौरमाण्डौमा एक्सरे मेशिन जडान भएको   

 राष्ट्रीय सभा सदस्य शेर बहादुर कुँवरले एक्सरे मेसिनको उदघाटन गर्दै चौरपाटी गाउँपालिकाका जनताले सामान्य चोट पटक लाग्दासमेत जिल्ला वाहिर जानु पर्ने बाध्यताको अव अन्त्य हुने बताए  

राष्ट्रीय सभा सदस्य कुँवरले चौरपाटी गाउँपालिकाका जनताको सहजताकोलागि सरकारले  स्वास्थ्य सेवामा जोड दिईरहेको बताए उनले चौरमाण्डौमा आएका मेसिनको स्वास्थ्यकर्मिले सुरक्षा गर्नु पर्ने भन्दै कुँवरले स्वास्थ्य केन्द्रमा आवश्यक मेसिनकालागि आफु पहलगर्ने प्रतिबद्धता जनाए  

राष्ट्रिय सभा सदस्य कुँवरले चौरपाटीका जनताका सहजताकालागि आफुले पटक पटक विभिन्न भौतिक पूर्वाधार विकासका योजनासमेत ल्याएको जानकारी दिए  उनले आफ्नै पहलमा चौरपाटीमा स्वास्थ्य केन्द्रको भवनका ल्याएको  ठेकेदारको लापरवहिका कारणअझै बन्न नसकेको भन्दै  दुःख ब्यक्त गरेका थिए  

स्वास्थ्य ब्यवस्थापन समिती अध्यक्ष शालिभान साउदको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदप्रमुखप्रशासकिय अधिकृत गणेश प्रसाद जैशीनेकपाका जिल्ला कमिटी सचिवालय सदस्य एवम् चौरपाटी गाउँपालिका अध्यक्ष राम बहादुरथापावडा अध्यक्षस्वास्थ्य शाखा संयोजक धन बहादुर थापागाउँपालिकाका विभिन्न वडाका स्वास्थ्यकर्मि लगायतको सहभागितारहेको थियो  गाउँपालिका उपाध्यक्ष माया कुँवरले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन चौरपाटी न्यायहेल्थ शाखाका ब्यवस्थापक हेम विश्वकर्माले गरेका थिए ।