Thursday, 01, October, 2020 info@saipalnews.com

सभामुख सापकोटालाई राजदूत यान्छी बधाई

माघ १३ काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । सभामुख सापकाटाले शपथ ग्रहण तथा पदवहालीलगत्तै सिंहदरबारमा पुगेर राजदूत यान्छीले कार्यकाल सफलताको कामना गर्नुभएको हो ।

भेटमा उहाँहरुबीच दुई देशका जनता तथा संसद्बीचको सम्बन्धका बारेमा विचार विमर्श भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । सापकोटा आइतबार प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

सभामुख सापकोटाले आज सङ्घीय संसद् सचिवालयका कर्मचारीलाई विवेक प्रयोग गरेर काम गर्न निर्देशन दिनुभयो । सो अवसरमा सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत कर्मचारीको उपस्थिति रहेको थियो ।