Thursday, 24, September, 2020 info@saipalnews.com

सम्झौता अनुसारको डोनेशन नदिने कलेजको ओजेटी रोक्ने अस्पताल ब्यवस्थापनको निर्णय

माघ १४ धनगढी । सेती प्रादेशिक अस्पतालले सम्झौता अनुसारको डोनेशन नदिने  नर्सिंग कलेजका विद्यार्थीहरुको ओजेटी रोकेको छ ।अस्पताल व्यवस्थापनले २०७४ देखि लागु हुने गरी डोनेशन दिने सम्झौता भएपनि कलेजहरुले डोनेशन दिन अटेर गरेपछि ओजेटी स्थगित गरेको जनाएको हो ।

सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समितीका  अध्यक्ष दुर्गाप्रसाद जोशीले चार वटा कलेजसंग ओजेटीकालागि १० जना विद्यार्थीमा एक जनाको फि अस्पताललाई दिने सहमति भएपनि कजेलहरुले सो रकम अस्पतालको खातामा जम्मा नगरेपछि ति कलेजका बिधार्थीको ओजेटी रोक्ने निर्णयमा पुगेको जानकारी दिए  । डेनेशन वाफतको ३ करोड रूपैयाँ  अस्पतालले पाउन रहेको भन्दै अध्यक्ष जोशीले उक्त रकम अस्पतालको खातामा जम्मा भएपछि मात्र ओजेटी शुचारू हुने जानकारी दिए ।

अस्पताल संचालक समितीको बैठकले सो रकम डोनेशन अस्पताललाई नदिएको विषयमा छानविन गर्न समितिका अध्यक्ष दुर्गाप्रसाद जोशी, तत्कालीन अस्पताल विकास समितिका अध्यक्ष रिता बम र धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडको अध्यक्षतामा कार्यदल गठन गरेको छ । कार्यदलले सो विषयमा छानविन गरिसकेपछि समितिले निर्णय गर्ने अध्यक्ष जोशीले बताए । उनले थप अध्ययनपछि मात्रै ओजेटी पुनः खुला गर्ने बताए ।