Wednesday, 02, December, 2020 info@saipalnews.com

कटवाल प्रकरणमा मैले नै एमालेमा तरङ्ग ल्याएको हुँ !

माघ १५ काठमाडौँ । म त्यसबेला कटवाल प्रकरणका बेला काग्रेस संसदीय दलको नेता थिएँ । त्योबेला पुष्पकमल दाहाल प्रचण्ड बहुमत लिएर आएका प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यही संसदबाट, पशुपतिनाथका पुजारी प्रकरणदेखि लिएर सेनापति रुक्माङगत प्रकरणसम्म पुग्दा प्रचण्डले राजीनामा गरेर हिँड्न पर्‍यो ।

कसले पार्‍यो  त्यो ?  सबैले मानिसकेका थिए । गिरिजाबाबुले मानिसकेको प्रमाण दिउँ ?  सुजाताले गएर भनिदिनुभयो संसदीय दलमा, यो खड्का खुमबहादुर खड्का र कटुवाल रुक्माङ्गत कटुवाल को के मतलब हामीलाई ?  बोलेकै हो नि संसदीय दलमा गएर । त्यो कसले बोल्या ?झलनाथ तत्कालीन नेकपा एमालेका अध्यक्ष जी सेनापतिबाट कटवाललाई हटाउने स्वीकृति दिएर चीन गएकै हो । उपेन्द्र यादवले समर्थन गरेकै हुन् । त्यतिखेरका प्रमुख नेता भनेका सबैको सहमति लिएर प्रचण्डले सेनामा हात हालेको हो ।

म नै त्यो मान्छे हो, जसले, दलको नेता थिएँ । एकैचोटि उठेर ए, भर्खर वनबाट आएको तपाँई सेनामा हात हाल्ने ?  सत्ता कब्जा गर्न खोजेको ?  यो मान्दिनँ भनेर निस्कनेवित्तिकै एमालेमा पनि तरङ्ग उठ्यो । एक बाबा हो, सत्ता कब्जा गरेपछि हाम्रो पनि टाउको काटिन्छ । कम्युनिस्टले कम्युनिस्टलाई काटेको इतिहास छ संसारमा । उनी एमाले नेताहरु पनि बल्खुमा गएर बैठक गर्न थाले र यता मैले १७ पार्टी लिएर सिंहदरबारमा मिटिङ गरेँ । पछि फोनमा कुरा गरेर तिमीहरु पनि सबै आओ, हाम्रो पनि कुरा मिल्दै छ भनेर फेरि बल्खुमा गए १८ पार्टी ।

ईश्वर पोखरेलहरु जान मानेनन् । यही केपी ओली र विद्या  राष्ट्रपति मसँग जान तयार भए । यिनलाई लिएर राष्ट्रपति रामवरण कहाँ गएँ । राष्ट्रपति थुरथुर । न सचिवले कलम चलाउँछ, न कुनै कर्मचारी त्यहाँ थिए । कोही पनि थिएन । केही पनि थिएन रामवरणको हालत त्यहाँ ।हामी पुगेर हेर्नुस् संसदको बहुमत, तपाँई परमाधिपति, लेख्नुस् भनेपछि सचिव आए । संसदको सबै बहुमत भनेपछि संसदमा चिठी पुर्‍याइयो । राति १२ बजेपछि ‘टेकओभर’ भइहाल्थ्यो । ‘टेकओभर’ भएको भए के हुन्थ्यो थाहा छ ?  त्यति ठूलो महत्वकांक्षा लिएको शक्तिले के गथ्र्यो रु त्यो अवस्थाबाट प्रजातन्त्रलाई बचाएको हो ।

हरेक कुरामा लोकतन्त्रभन्दा बाहिर जान नदिन धेरै ठूलो संघर्ष भएको छ । धेरै ठूलो लडाइँ भएको छ ।मलाई थाहा छ, गिरिजाबाबुले १२ बुँदे विस्तृत शान्ति सम्झौता गरेर आउनुभयो भारतबाट । १२ बुँदे शान्ति सम्झौता भएपछि माओवादीको सेना एकातिर, हतियार अर्कोतिर, पार्टी अर्कोतिर अलग–थलग भएको हो ।

म शान्ति मन्त्री थिएँ । १० वटा पार्टीको संयोजक थिएँ । झलनाथ खनाल, लीलामणि पोखरेल, ऋषि कट्टेललगायत १० जना थियौं । शान्ति सम्झौताको अन्तिम दिनमा बिहान सबेरै गिरिजा बाबुकोमा पुगेँ । प्रचण्ड पनि पुग्नुभएको रहेछ ।

मलाई देख्नेवित्तिकै प्रचण्डले ‘ए रामचन्द्रजी तपाईंले यो शान्ति सम्झौता कुन मुलुकको नमुनाको कुरो गर्नुभयो ?  त्यो पढेपछि त मेरो अंगअंग घोच्यो, रातभरि निद्रा लागेको छैन’ भन्नुभयो ।

मैले तपाईले कुन देशको नमुनाको क्रान्ति गर्नुभएको थियो, त्यही देशको नमुनाको हो भनेर भनेँ । दिगो शान्ति, मानवअधिकारको रक्षा र लोकतान्त्रिक मूल्य मान्यताको स्वीकृति जस्ता विषय रहेको थिए । यस्तो भनेपछि प्रचण्ड चुप लाग्नुभयो । त्यसपछि बल्ल गिरिजाबाबुले मलाई वार्तामा बस्नुस् भन्नुभएको । त्यो दिनसम्म मलाई त्यस्तो भन्नुभएको थिएन ।

दिनभरि र रातिसम्म धाराका धारा छलफल गर्दै पास गर्दै गयौं । एउटा धारामा गएपछि बाबुराम भट्टराईले मान्नुभएन । त्यो थियो– बाहिर भेटिएका हतियार दण्डनीय हुने । यस्तो कुराले आफूहरुलाई अपमान हुने भट्टराईको कुरा थियो । कन्टेनरमा हतियार राख्ने, क्यान्टेनमेण्टमा उनका सेना राख्ने र बाहिर भेटिएको हतियारलाई कारबाही गर्ने भन्ने विषयमा कुरा मिलेन । फेरि बल प्रयोग गरेरै सत्ता कब्जा गर्ने कुरा बाँकी राखेरै आएको हो ?  मैले भनें ।

त्यसपछि उनीहरु उठेर गए । वार्ता भंग भयो एकछिनका लागि । एक घण्टापछि कहाँ–कहाँ पुगेर आउनुभयो र ल ल हुन्छ भनेपछि शान्ति वार्ता भयो । यस्ता धेरै कुरा छन् । प्रजातन्त्र जोगाउन पाइला पाइलामा लडाईं गर्नुपरेको छ ।

कांग्रेसलाई कसरी स्वच्छ छविको बनाउने ? 

अहिले पार्टीमा लडाईं–वास्तवमा पार्टीलाई पद्दतिबाट अगाडि बढाउने कि नबढाउने ?  प्रजातन्त्रको मसिहा बनेको कांग्रेसले आफैँमा एउटा प्रजातान्त्रिक संस्कार र व्यवहार र आचरणलाई अगाडि बढाउने कि लाटलुट, हाटहुटमा लेनदेनमा जसरी हुन्छ कब्जा गर्ने । अहिले यसैको लडाईं हो ।

नेविसंघ, ७५ वटै जिल्लाका कमिटिले चुनेका प्रतिनिधि, सारा कलेजहरुबाट चुनिएर आएका प्रतिनिधि एकतिर छन् । अनसन बसेर थपिएका सात सय अर्को प्रतिनिधि हालेर आएको नेविसंघ यसको धरातल कति मजबुत थियो । त्यसले अर्को चुनाव गर्ने स्थिति नै दिएन । मेरो एउटै नारा थियो– नेविसंघको अधिवेशन सुनिश्चित हुनुपर्छ । नेविसंघ स्कुल र कलेजमा हुनुपर्छ ।

यो पार्टीलाई समयद्ध ढङ्गले चलाऔं । सबैको अधिवेशन समयमै हुनुपर्छ । पार्टीको अधिवेशन भएको चार बर्ष बित्न लाग्यो । कार्यतालिका चाहियो भनेर माग गरियो । महासमितिदेखि नै यो कुरा भन्दै आएको थिएँ ।

महाधिवेशनका लागि कम्तिमा एक बर्ष जतिको समय लिन्छ, तह तहका चुनाव गराउँदा । यस्तो प्रस्तव गर्दा ल ल सल्लाह गर्दै गरौं भनेर उता गएर बैठक बसेर निर्णय गरिहाल्दा हामी बहिष्कारमा परेको हो कि बहिष्कार गरेको हो । त्यहाँबाट पार्टीभित्र अलिकति द्वन्द्व भयो ।

एकैपटक धारा निलम्बन गर्ने महाधिवेशन सार्वजनिक भयो नि । कार्यतालिकामा पनि हिमालमा टिकैन नसकिने, तराईमा खुला छातीले हिँड्नै नसकिने बेला चुनाव गर्ने भनिएका कारण हामीले धरामा पारियो भन्यौं । अहिले पार्टीको अधिवेशनको मिति उही तर, अरु तहको चुनावमा हेरफेर गर्नेगरी सहमति भएको छ । र हामी सहमतिमा गएका छौं । कुनै भागवण्डामा सहमति भएको होइन । वास्तवमा मलाई भागवण्डामा विश्वास छैन ।

तर, एउटा कुरा भनौं– हल्लैहल्लामा राजनीति हुँदैन । राजनीतिमा एक किसिमले पावर सेयरिङ अनिवार्य तत्व हो । पावर सेयरिङ त हुन्छ हुन्छ । तर, भल्गर किसिमले पावर सेयरिङको कुरा आउँछ त्यसमा मेरो अभिरुची छैन । मेरो त्यो मूल्य होइन । मेरो मूल्य त सिस्टममा लैजाऔं भन्ने हो । संस्थालाई ठीक ढङ्गले समयमा अधिवेशन गरौं । समयमा चुनाव गरौं, जसले विश्वास आर्जन गर्न सक्छ, त्यसले नेतृत्व पाउन पर्यो नि त । त्यसलाई अनेकथोक गरेर हस्तक्षेप गर्ने रु कहिले पैसाको हस्तक्षेप, कहिले केको हस्तक्षेप । यो सबै हस्तक्षेप हुँदैन, त्यति मात्रै हो मेरो लडाईं ।

हस्तक्षेप गरेर अधिवेशन नगराउनुको परिणाम गलत तरिकाबाट रिजल्ट निकाल्नुको परिणाम अहिले भोग्नुपरिरहेको छ । हिजो क्रियाशील सदस्यता छानविन समिति बनाउने कुरा मञ्जुर भयो । पारदर्शी ढङ्गले व्यवस्थित कार्यतालिका बनाउने कुरा मञ्जुर भयो ।

मैले सधैँ लडाईका लागि लडाइ, झगडाका लागि झगडा गर्न खोजेको होइन नि पार्टीमा । पार्टीमा निहुँ मात्रै खोज्ने त म होइन नि । मर्का परेको कुरालाई मात्रै मैले न्यायको लागि, पार्टीलाई सिस्टममा लानका लागि मात्रै खोजेको हो भनेर एकतामा गएर हिजोबाट हाम्रो बैठक मिलेर बसेको छ । अझै पनि कतिपय कुरा बाँकी छन् । २३ गते मिलाउने भनेको छ । अब त्यो के हुन्छ, थाहा छैन ।

तर, एउटा कुरा भन्छु– नेपाली कांग्रेसभित्र एकताको पक्षमा छु । म त त्योबेलामा पनि मध्यमार्गी कहलाएकै मान्छे त हो नि । म एउटा ‘एक्स्ट्रिमिस्ट’ त हुँदै होइन ।

यत्रो विपक्षीको सामुन्नेमा यो पार्टी प्रजातन्त्रका लागि एक्लो लड्नुपरेको छ । यसलाई बलियो कसरी बनाउने ?  भन्ने मेरो प्रयास हो । यो प्रयासमा लागि नै रहेको छु । र, कांग्रेसलाई कसरी बचाउने ?  कांग्रेसलाई कसरी स्वच्छ छविको साथ उभ्याउने ? जनताले पत्याउनपर्‍यो ।आज राजा छैन, कोही छैन । जनताले भरोसा गर्ने कसलाई त भन्दा पार्टी नै हुन् । पार्टीमा कि कम्युनिस्ट कि कांग्रेस । कांग्रेस पनि भरोसायोग्य भएन भने जनता कहाँ जाने ?  त्यसकारण, भ्रष्टाचारमुक्त नेपाल बनाउनपर्‍यो । विकृतिमुक्त कांग्रेस बनाउन पर्‍यो । यसो भयो भने लोकतन्त्र सुदृढ हुँदै जान्छ ।

प्रेस स्वतन्त्रताका लागि के गर्नपर्छ ? पार्टी सधै‌ं साथमा छ । कम्युनिस्टको इतिहास के हो ?  ट्रेड युनियन आन्दोलनको भरमा सत्तामा पुग्छन् । सत्तामा पुग्नेवित्तिकै जुन भर्‍याङ चढेर आएको, त्यै भर्‍याङ फालिदिन्छन् । त्यही ट्रेड युनियनमाथि प्रतिवन्ध लगाउँछन् । कम्युनिस्टको चरित्रै त्यही हो । त्यो चरित्रसँग लड्ने हो हामीले । यो रुपमा बुझ्नुपर्छ ।’

काठमाडौंको थापागाउँमा मंगलबार आयोजित एक कार्यक्रममा कांग्रेस नेता पौडेलको मन्तव्य ।

  • साभार अनलाइनखबर