Monday, 18, January, 2021 info@saipalnews.com

बहाना पूर्वाधारको नजर कमिशनमा

माघ १४ धनगढी । सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान मेशिन राख्ने ठाउँको अभाव देखाउँदै मेडिकल सुपरिटेन्डेण्ट डाक्टर हेमराज पाण्डेले सिटीस्क्यान खरिदको रकम रकमान्तर गर्न माग गरेका छन् । अस्पतालका तर्फबाट सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मंत्रालयलाई २०७६/०९/२० गते पत्र पठाउँदै पाण्डेले  भौतिक पूर्वाधार तयार नभएकोले सिटिस्क्यान खरीद प्रक्रिया रोकेर उक्त रकमबाट अन्य मेडिकल उपकरण खरिद गर्न अनुमति माग गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्ष २०७६/०७७ मा सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेशिनकोलागि ८ करोड ५० लाख बजेट विनियोजन गरेको थियो ।प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर हेमराज पाण्डे सिटी स्क्यान मेसीन राख्न नदिने र त्यसको साटो खुद्रा सामान खरीद गर्ने योजनामा  लागेका छन् ।मेसु पाण्डेले भौतिक संरचनाको अभाव भन्दै ख़रीद प्रक्रिया बिथोल्न खोज्नुको पछाडि स्वार्थले काम गरेको हुन सक्ने आँकलन गरिएको छ । अस्पतालमा कार्यरत एक कर्मचारीले, ‘पाण्डे डाक्टरसाव मेडिकल माफियाको जालोमा फसेको बताए ।’

बिरामीले सरकारी अस्पतालमा नि:शुल्क सिटी स्क्यान गर्न पाउने भएपछि मेसु पाण्डे सहित अस्पताल भित्रकै केही डाक्टरहरुको लगानीमा सञ्चालित सिटी स्क्यानले बिरामी नपाउने भएकोले सिटी स्क्यान मेशिन जडानमा डाक्टर पाण्डेको रूचि नभएको आँकलन गरिएको छ । मेडिकल माफीया सहितको समुह विभिन्न बाहाना बाजी गरेर खरिद प्रक्रिया रोक्नमा षडयन्त्र गरिहरहेको अस्पताल श्रोतको दावि छ । धनगढीमा तिनै डाक्टरहरु संलग्न रहेको एकमात्र सिटी स्क्यान रहेको छ ।

प्रदेशको एकमात्र रेफरल अस्पतालको रुपमा रहेको अस्पतालमा सिटी स्क्यान मेसीन नहुदा विरामीहरुले चर्कोमुल्यमा नेपालगञ्ज तथा काठमान्डौ र भारत गएर उचार गराउन बाध्य भएका  छन्।यता अस्पताल  व्यवस्थापन समिति भने जनतालाई सर्वसुलभ रुपमा सेवा दिन सिटी स्कयान मेसीन खरीद गर्नु पर्ने अडानमा उभिएको छ ।