Saturday, 26, September, 2020 info@saipalnews.com

चिसापानी-गड्डाचौकी सडक ८ लेनको बनाउन सांसद रावलको माग

माघ १७, काठमाण्डौ । सांसद झपट रावलले कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको सडक ८ लेनको बनाउन माग गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै कैलाली क्षेत्र न. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रावलले उक्त सडकखण्डलाई तत्काल कम्तिमा पनि ८ लेनको बाटो बनाउन माग गरेका हुन्।

रावलले उक्त सडक खण्डको स्तरोन्नति गर्न पनि सरकारसँग माग गरे। रावलले १ सय २८ किलोमिटरको बाटोलाई ८ लेनको बनाउन तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको १२८ को बाटो एकदमै साघुँरो भएका कारण हरेक दिन जसो दुर्घटना हुने गरेको, हरेक दिन अंग,भंग हुने र हरेक मान्छेले ज्यान गुमाउनुपर्ने अवस्था छ’ उनले भने, ‘म सम्माननीय सभामुख महोदयमार्फत कैलाली चिसापानीदेखि गड्डाचौकीसम्मको १ सय २८ किलोमिटर बाटोको स्तरउन्नतिको लागि कम्तिमा पनि ८ लेनको बाटो निर्माणको काम तत्काल सुरु गर्नका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु।’