Wednesday, 25, November, 2020 info@saipalnews.com

कोरोना भाइरस नियन्त्रणमा चीनलाई सफलता, २० जना उपचारपछि घर फर्के

एजेन्सी । अनियन्त्रीत बन्दै गएको नोवेल कोरोना भाइरसविरुद्ध चीनले पहिलो सफलता हात पारेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल नै घोषणा गरिरहेका बेला चीनको एक अस्पतालबाट २० जना बिरामी निको भएर घर फर्केका छन् ।

चिनियाँ सञ्चारमाध्यम सिन्हवाका अनुसार शुक्रबार साँझ वुहानको एक अस्पतालबाट उपचाररत २० जना संक्रमित निको भएपछि घर फर्किएका हुन् ।

यता अमेरिकाले भने आइतबारदेखि लागू हुने गरी चीनबाट अमेरिका जान प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस पूर्ण नियन्त्रणमा नआउँदासम्म तत्काल १४ दिनकालागि प्रतिबन्ध लगाइएको सिन्हवाले जनाएको छ ।