Sunday, 25, October, 2020 info@saipalnews.com

शीर्ष नेताको टाउकोमा आगो सल्काउनुपर्छ : हिमाल शर्मा

माघ १८काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको जारी बैठकमा समूह नेता हिमाल शर्माले शीर्ष नेताको टाउकोमा आगो सल्काउनुपर्ने धारणा राखेका छन् । समूहगत रिपोर्टिङ राख्दै १५ नम्बर समूहको टोली नेता समेत रहेका शर्माले पार्टी र सरकारमा मौलाएको भ्रष्टाचार र गुटबन्दी सचिवालयमा रहेका शीर्ष ९ जना नेताबाटै भइरहेकाले त्यसलाई नष्ट गर्न टाउकोमा आगो सल्काउनुपर्ने माग गरेका हुन् ।

नेकपा बैठकमा पार्टीभित्र विकृति बढेको भन्दै चिन्ता व्यक्त गरिदै आएको छ । पार्टीका नेता नै व्यापार व्यवसायमा लागेकाले झन् विकृति बढेको बताउँदै नेता शर्माले त्यसको अन्त्य गर्न कार्यविधि बनाउनुपर्ने धारणा राखेका छन् ।

‘शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापारमा जोडिएका नेताहरूलाई १ वर्षभित्र त्यहाँबाट मुक्त हुन कार्यविधि नै बनाएर निर्देशन दिनुपर्छ,’ शर्माको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने ।नेकपा बैठकमा समूहगत छलफलको रिपोर्टिङ सुनाउने क्रम सकिएको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा महासचिव विष्णु पौडेलले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गरेपछि समूह विभाजन गरेर छलफल गरिएको थियो ।