Tuesday, 26, October, 2021 info@saipalnews.com

पार्टीको ताल देख्दा जोगी बन्न मन लाग्छ : नेता राई

काठमाडौँ । नेकपा केन्द्रीय सदस्य राजेन्द्र राईले पार्टीको ताल देख्‍दा जोगी बन्‍न मन लागेको बताएका छन् । नेकपाको जारी केन्द्रीय समिति बैठकमा बोल्दै नेता राईले पार्टी हिँडेको बाटो ठीक नभएको गुनासो सबैतिर आएकोसमेत बताए । उनले पार्टीको तल्लो तहका कार्यकर्ताहरुमा पार्टी हिँडेको बाटो सही नभएको कुरा उठ्‍न थालेको बताए। नेकपाले बनाएको १५ वटा समूहमध्ये ११ नम्बर समूहका नेता राईले भने,हामीलाई समूहको नेता छान्‍न पनि गाह्रो भयो। यसले हाम्रो पार्टी कहाँ पुगेको छ भन्‍ने देखिएको छ।

पार्टीमा गुटबन्दी देखिएकाले यस्तो भएको हो।राईले पार्टी नेतृत्वबाटै विधानका धाराहरु मिच्‍ने काम भएको भन्दै आलोचना गरे। एमसीसीको विषयमा केन्द्रमा नेताहरु विभाजित भए जसरी नै सदस्यहरु विभाजित भएकाले अध्ययन र छलफल गरेर मात्रै एमसीसीबारे निर्णय गर्नुपर्ने राईको भनाइ थियो।

सरकारको कार्यशैलीप्रति पनि राईले असन्तुष्टि जनाए। उनले भने, पार्टीले सरकार चलाउनुपर्छ। तर सरकारले पार्टी निर्देशन नमानेको देखियो। राजनीतिक नियुक्ति गर्दा संस्थागत निर्णय भएनन्। राजनीतिक नियुक्तिमा केही व्यक्तिले मान्छे टिपेर राखे। मन्त्री बनाउँदा पनि संस्थागत निर्णय भएन्।

राईले प्रदेश २ मा संगठन चौपट हुँदा पनि नेताहरुले ध्यान नदिएको गुनासो गरे। दैलेखको पार्टी एकतासमेत नसिकएको उनले बताए। उनले पार्टीमा पोलिटब्युरोको अनुभव नभएकालाई सिधै स्थायी समितिमा लगिएको विषयसमेत उठान गरे।

  • साभार कान्तिपुर