Friday, 18, September, 2020 info@saipalnews.com

एमसिसीबारे सुझाव लिन नेकपाले बनायो कार्यदल, भीम रावल पनि सदस्य

माघ १९, काठमाडौं ।  अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बारे सुझाव लिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कार्यदल बनाएको छ।

पाँच दिनदेखि राष्ट्रिय सभा गृहमा जारी केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो। यो कार्यदलले आवश्यक सुझाव संकलन र अध्ययनपछि १० दिनभित्रमा नेतृत्वलाई प्रतिवेदन दिनेछ।

एमसिसीबारे बैठकमा केन्द्रीय सदस्यहरुले चर्को आलोचना गरेपछि नेकपाले कार्यदल बनाएको हो। उक्त कार्यदलमा एमसिसीको चर्को विरोधमा उत्रिएका नेता भीम रावल पनि सदस्य छन्। कार्यदलको अर्का सदस्यमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई पनि राखिएको छ।

अमेरिकासँगको सम्झौता अनुसार संसदबाट एमसिसी पारित गराउने रणनीति अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आइतवार साँझ नेकपाका सांसदहरुलाई रात्रि भोज दिँदैछन्।