Friday, 18, September, 2020 info@saipalnews.com

सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको काठमाडौँ जिल्ला कार्यसमितिका पूर्वकोषाध्यक्ष एवं पूर्वसांसद श्रीराम श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । पूर्वसांसद श्रेष्ठको ८१ वर्षको उमेरमा उपचारको क्रममा आज निधन भएको हो ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत उहाँको आत्मको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । पूर्वसांसद श्रेष्ठको निधनबाट काँग्रेसलाई अपूरणीय क्षति पुग्नुका साथै सच्चा लोकतन्त्रवादी नेता पार्टीले गुमाएका सभापति देउवाले उल्लेख गर्नुभएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा स्व श्रेष्ठले महत्वपूर्ण योगदान पु¥याउनुका साथै काँग्रेसको सङ्गठन विस्तारमा उहाँको महत्वपूर्ण योगदान रहेको थियो ।

  • रासस