Wednesday, 02, December, 2020 info@saipalnews.com

मन्त्री सुवेदीको पहलमा सुत्केरी महिलाको उद्धार

माघ २१ काठमाडौैँ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको पहलमा मंगलवार एक सुत्केरी महिलाको उद्धार गरिएको छ । डोटीको दिपालय सिलगढी नगरपालिका  ७ अडतोलाकी २५ वर्षीया अरुणा भण्डारी उद्धार गरिएको हो । शनिवार राति जिल्ला अस्पताल डोटीमा  अप्रेसन गरेर बच्चा जन्माएकी भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि  आइतवार सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको थियो ।

धनगढीमा पनि उनको उपचार सम्भव नभएपछि  मंगलवार सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीको पहलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सेनाको स्काईट्रक मार्फत भण्डारीको उद्धार गरी काठमाण्डौस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।

सुत्केरी अरुणाको प्रेसर र अन्य उपचार सुदूरपश्चिममा सम्भव नभएपछि थप उपचारकोलागि उद्धार काठमाडौँ पठाएको मन्त्री सुवेदीले बताए । प्रदेशका सबै स्वास्थ्य संस्थामा दक्ष चिकित्सकको अभाव र बिकटताका कारण यस्तो समस्या देखिने गरेका छ । यस समस्या यसको समाधानकोलागि पहल भइरहेको पनि मन्त्री सुवेदीले बताएका छन् ।