Wednesday, 27, October, 2021 info@saipalnews.com

जे गर्छु अहिले गर्छु,३ वर्षपछि प्रधानमन्त्री हुँदैन् म : केपी ओली

माघ २१ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले चाँडै मृगौला प्रत्यारोपण गर्ने बताएका छन् ।

मंगलबार साँझ बालुवाटारमा सम्पादकहरुसँगको भेटमा उनले अहिलेको जमानामा मृगौला प्रत्यारोपण ठूलो कुरा नभएको भन्दै यसले कुनै समस्या नहुने पनि बताए ।

तीन वर्षपछि चुनाव हुन्छ । त्यसपछि म प्रधानमन्त्री रहने होइन। म तपाईहरूलाई भन्छु चाडै किड्नी ट्रान्सप्लान्ट गर्छु ।

अलिअलि समस्या छ । एउटा किड्नी ल्याएर थप राख्छु ।

यो ठूलो कुरा नै होइन चिन्ता नगर्नुस् । उनले अहिलेभन्दा सजिलोसँग काम गर्न सकियोस् भनेर प्रत्यारोपण गर्न लागेको पनि बताए । एकपटक प्रत्यारोपण गरिसकेका प्रधानमन्त्रीको मृगौलामा समस्या देखिएपछि उनी नियमित डायलासिसमा छन् ।

  • कान्तिपुर