Saturday, 24, October, 2020 info@saipalnews.com

बीआइए फाउण्डेनद्धारा चीनलाई १ लाख थान मास्क पठायो

माघ २२ काठमाडौँ ।  चीनको वुहानमा कोरोना भाइरसको संक्रमणबाट बच्‍न अपाङगताको क्षेत्रमा काम गर्दै आएको संस्था बीआइए फाउण्डेनले १ लाख थान मास्क प्रदान गरेको छ ।

मंगलबार बीआइएले रेडक्रक सोसाइटी अफ चाइनालाई एक कार्यक्रम गरी उक्त मास्क प्रदान गरेको बीआइए फाउन्डेशनका कार्यकारी निर्देशक गोकर्ण ढुंगानाले जानकारी दिए।उनका अनुसार चीनमा कोरोना भाइरसबाट बच्न मास्कको एकदमै जरुरी रहेकाले फाउण्डेशनले सहयोग गरेको हो।

नोवेल कोरोना भाइरसको संक्रमणबाट फिलिपिन्सको मनिलामा कोरोना भाइरस लागेका एक जना पुरूषको शनिबार मृत्यु भइसकेको छ।ती व्यक्ति कोरोना भाइरस पहिलो पटक पत्ता लागेको चीनको वुहान शहरबाट फिलिपिन्स फर्किएका थिए। फिलिपिन्स आइपुग्नु अघि नै उनी कोरोना भाइरसबाट संक्रमित भएको पाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।भाइरसको संक्रमण रोक्न फिलिपिन्सले चीन, हङकङ र मकाउका नागरिकलाई आफ्नो देशमा भ्रमण गर्न रोक लगाएको छ।

अमेरिका र अष्ट्रेलियाले पछिल्ला दुई हप्ता चीन भ्रमण गरेका विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेश निधेष गरेको छ। यस्तै अमेरिकामा चीनबाट फर्किएका आफ्ना सबै नागरिकलाई १४ दिन डाक्टरहरुको निगरानीमा राख्न थालिएको छ।यस अघि रसिया, जापान, पाकिस्तान र इटाली लगायतका देशहरूले यस्तै यात्रा प्रतिबन्धको घोषणा गरेका थिए। चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ३०४ जनाको मृत्यु भइसकेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।