Saturday, 26, September, 2020 info@saipalnews.com

नेकपाका नेता गिरीको हत्या

माघ २३ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा नेता हरिदेव गिरीको शंकास्पद मृत्यु भएको छ । मंगलबार राति नयाँबानेश्वर आलोकनगरमा नेता गिरीको संकास्पद मृत्यु भएको जनाएको छ । प्रहरीका अनुसार नेता गिरी कंगलबार राति डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएको र उपचारका लागि राति १० बजेतिर सिभिल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित बानेश्वरका प्रहरी डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिएका छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी पनि घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराखिएको बताउँछन् । उनले प्रकरणको अनुसन्धानका क्रममा ४ जनालाई नियन्त्रणमा लिइएको समेत जानकारी  दिनुभयो । नेता गिरीको के कारणले मृत्यु भएको हो त्यो भन्ने अनुसन्धान भइरहेको र नेता गिरीको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको  डीएसपी बोगटीले बताएका छन् ।

प्रारम्भिक अनुसन्धान गर्दा नेता गिरीको टाउको, घाँटी र तीघ्रामा चोट देखिएको छ भने खुट्टाको हड्डी पनि भाँच्चिएको देखिएको बोगटीले जानकारी दिएका छन् । को नेता गिरी नेकपा काभ्रेका प्रभावशालि नेता हुन् ।