Saturday, 26, September, 2020 info@saipalnews.com

सत्ता पक्षका ठूला माछा छालमा, प्रतिपक्षका ठूला माछा अख्तियारको जालमा

माघ २३ काठमाडौँ । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले इतिहास १ सय ७५ जना विरुद्ध हिजो मृद्धा दायर गरेको छ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा हाइप्रोफाइल व्यक्तिले आफनो नाममा ल्याएर अपचलन गरेको भन्दै अख्यितार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले दायर गरेको मुद्धामा कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदारसहित १ सय ७५ जना रहेको छन् ।

यता नेपाली काँग्रेसका नेताहरुले भने स्वयं सत्तारूढ दल नेकपाका नेताहरू समेत सो प्रकरणमा मुछिए पनि उनीहरूविरूद्ध मुद्दा  नचलाएको भन्दै सामाजिक सञ्जाल मार्फत आक्रोष पोखिरहेका छन् । काँग्रेस नेता तथा कार्यकर्ताहरूले अख्तियार दुरूपयोग आयोग सत्ताको छाँयामा परेको आरोप लगाएका छन् । ललिता निवासमा रहेको जग्गा नेकपाका महासचिव समेत रहेका बिष्णु पौडेल मुछिएपनि उनले उन्मुक्ति पाएको प्रति सर्वसाधारणले समेत आक्रोश प्रकट गरेका छन् । पूर्वप्रधानमन्त्री माधव नेपाल, बाबुराम भट्टराईको पालामा ललिता निवासको जग्गा भोगचलन सम्बन्धी नीतिगत निर्णय भएको थियो ।

अपचलनमा गर्ने निर्णयमा सहभागी बनेका तत्कालीन प्रधानमंत्रीलाई उन्मुक्ति दिएर कांग्रेसका उपसभापति समेत रहेका विजय गच्छदारलाई मात्र किन मुद्दा हालेको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रश्नको बिस्कुन लगाएका छन् । नेता शर्माले  ट्विटमा भनेका छन्, ‘श्री माधवकुमार नेपालको पालामा नीतिगत निर्णय। एक पूर्वमन्त्री कमरेडको

सिरानीमुनि लालपुर्जा १ मुद्दा कसलाई, विजय गच्छदारलाई रु भन्दै ट्विट गरेका छन् ।ललिता  निवास जग्गा प्रकरणलाई ठूलो सफलताका रूपमा ब्याख्या गरिएको छ ।बिजय कुमार गच्छदारलाई ठूला माछाकोरूपमा चित्रण गरिरहँदा काँग्रेस प्रबक्ता शर्माले ‘ ललिता निवास जग्गा प्रकरणमा ठुला माछादेखि साना माछा परेपनि केही ठुला माछा चिफ्लियको भन्दै  ट्विटमार्फत असन्तुष्टि प्रकट गरेका छन् ।

तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्रीको हैसियतमा गच्छदारविरुद्ध मुद्दा दर्ता गरिएको छ । अख्तियारले उनीसँग ९ करोड ६५ लाख बिगो मागदाबी समेत गरेको छ । मुद्दा दायर हुनासाथ संसदीय नियमावली अनुसार गच्छदारको सांसद पद स्वत निलम्बनमा परेको छ । सोही प्रकरणमा मुछिएका पूर्वमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलविरूद्ध भने मुद्दा चलेको चलेन् । आफुविरुद्ध मुद्धा चल्छ कि भनेर तनावमा रहेका नेता पौडेलका विरुद्ध मुद्धा दायर नभएपछि नेता पौडेलले बुधबार खुशीयाली मनाएको एक स्रोतले जानकारी दिएको छ ।

पौडेलका छोराको नाममा रहेको जग्गा  शक्तिमा रहँदा मिलेमतो गरी बिचौलियालाइ सजिलो बनाइदिएको र मिलाइदिएवापत सित्तैमा जग्गा हत्याउन सफल भएको लगायतका आरोपहरू पौडेलमाथि लागेको छ । पछिल्लो सयम ललिता जग्गा प्रकरणमा मुच्छिएर चर्चामा आएका नेता पौडेललाई किन मुद्धा नचलाएको भन्दै सामाजिक संजाल तातिएको छ ।

अख्तियारले सोही जग्गा खरिद गरी आफ्नो नाममा कायम गर्नेहरूविरूद्ध पनि कानुनअनुसार कारबाही माग गरेको छ । तर विष्णु पौडेलका छोरा नवीन पौडेलको नाम भने सो लिस्टमा छैन । नवीनले अख्तियारसँगको बयानमा नेपाल सरकारलाई जग्गा फिर्ता गर्न राजी भएको हुँदा प्रतिवादी बनाउन जरूरी नदेखिएको बताएको छ । उनीसँगै कुमार रेग्मीले पनि जग्गा फिर्ता गर्ने बयान दिएकोले प्रतिवादी नबनाइएको अख्तियारले जनाएको छ । अन्य ६५ जना जग्गाधनीहरूले भने जग्गा फिर्ता गर्न नमानेकोले कानुनअनुसार कारबाही गर्दै जग्गा जफत गरी सरकारको नाममा फिर्ता लिन मागदाबी गरिएको छ ।

यसैगरी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालको हकमा भने अख्तियारको क्षेत्राधिकार नपुग्ने भएकाले ‘केही गरिरहनु नपरेको’ जनाएको छ । अख्तियारद्वारा जारी विज्ञप्तीमा नेपाल सरकार, मन्त्रिपरिषदले सामूहिक रूपमा गरेका निर्णयहरू अख्तियारको क्षेत्राधिकाधिकारभित्र नपर्ने उल्लेख छ ।