Wednesday, 21, October, 2020 info@saipalnews.com

स्वच्छ वातावरण बनाउन विरुवा रोप्ने बानी बसालौ

लमजुङ । असल आचरण र संस्कार लाई प्रोत्साहन जन्मदिनमा बृक्षरोपण अभियान । पछिल्लो बालकदेखि बृद्धसम्म जन्मदिन मनाउने चलन बढेको छ जन्मदिन मनाउने विभिन्न तरिका छन् । कसैले ठुलो होटल तथा रेष्टुरेटमा मदिराका चुस्किसँगै जन्ददिन मनाउछन् त कसैले आफु जन्मेको दिनलाई सम्झदै र सधैको लागि सदाबार रहन विरुवा रोप्ने गरेका छन् ।

विरुवा रोप्ने अभियानले एकातिर वातावरण संरक्षण हुने र अर्कोतिर उसले लगाएको फलफूलको विरुवाले अरुलाई फल प्रदान गर्दछ जुन पुण्यको काम हो अर्कोतिर मान्छेले आफ्नो जिन्दगीमा ५ वटा विरुवा रोपेर हुर्काउन सके ठुलो पुण्यको काम हुने जनविश्वास छ ।  व्यक्तिको इमानदारिता नैतिकता अनुशासनमा असल व्यावहार समाजसेवा देशप्रेमको भावनाको विकास पनि हुनेछ ।

आफ्नो पसिनाको कमाई मात्रै खाने संस्कार स्थापित हुनेछ । प्रकृति वातावरण सम्पूर्ण पृथ्वीमा रहेका प्राणी र आम मानिसको हितमा लाग्न अभियानले प्रेरित गर्नेछ । प्रकृतिमा रहेका सम्पूर्ण प्राणीहरुको रक्षा ,वातावरण नै भएकाले वातावरण स्वच्छता राख्न आवश्यक छ ।

  • बसुदेव सेढाइ