Saturday, 16, January, 2021 info@saipalnews.com

ललिता निवासमा बनेका निजी भवन रहन्छन् कि भत्किन्छन् ?

माघ २४ काठमाडौँ । आजका पत्रपत्रिका ललिता निवास जग्गा प्रकरणमै केन्द्रित छन् । धेरैजसो पत्रिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेकोबारे र तीनिहरुस्को सम्पत्ति माथी छानबिन हुनु पर्ने समाचारलाई समाचारलाई प्राथमिकताका साथै प्रकाशित गरेका छन् ।

साथै ललिता निवास जग्गा प्रकरणमा आफ्नालाई जोगाउने, अरुलाई फसाउने नियत सरकारको रहेको भनेर प्रतिपक्षले आरोप लगाएको, अरुण तेस्रो जलविद्युत आयोजनमा लगानी जुटेकोलगायतका समाचारले आज स्थान पाएका छन् ।  नयाँ पत्रिका दैनिकले भने बालुवाटारस्थित सरकारी जग्गा ललिता निवासमा बनेका निजी भवन रहन्छन् कि भत्किन्छन् ? भनेर आम चासोको विषयलाई उठाएको छ ।

जग्गा जाँचबुझ आयोगका सदस्य जानकीवल्लभ अधिकारीका अनुसार सरकारी जग्गामा गैरकानुनी तरिकाले बनाइएका संरचनाहरु स्वतः अवैधानिक हुने भएकाले स्थानीय प्रशासनले समय तोकेर त्यस्ता संरचना हटाउन आदेश दिन सक्ने बताएका छन् । अधिकारीले भनेका छन्, तोकिएको समयभित्र नहटाएमा प्रशासनले हटाउन सक्ने कानुनी व्यवस्था छ र स्थानीय प्रशासनले आफैं हटाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट असुलउपर गराउने व्यवस्था छ ।

बालुवाटारमा गैरआवासीय नेपाली संघ एनआरएनएको भवन, भाटभटेनी सुपरस्टोरको गोदाम, हाउजिङ लगायतका संरचना बनेका छन् । सरकारी जग्गा हिनामिना गरी बेचबिखन गरिएका सबै जफत गरी सरकारको नाममा ल्याउन माग दाबी अख्तियारले मुद्दा दर्ता गर्दा नै गरेको छ ।