Wednesday, 21, April, 2021 info@saipalnews.com

विजय गच्छदारको सांसद पद चट्

माघ २४काठमाडौँ । नेपाली काँग्रेसका संसद तथा संसदीय दलका उप- नेता विजय गच्छदारको सांसद पद चट् भएको संसद सचिवालयले जानकारी दिएको छ । शुक्रबार एक विज्ञप्ती निकाल्दै संसद सचिवालयले गच्छदार निलम्बनमा परेको जानकारी गराएको हो  । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्ति तथा संस्थाको नाममा कायम गरि हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदार लगायत १ सय ७५ विरुद्ध विशेष अदालतमा  २२ गते मुद्वा दायर गरेको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गच्छदार  विरुद्ध मुद्दा परेको जानकारी   संसद सचिवालयलाई गराएसँगै सचिवालयले नेता गच्छदारको पद चट् भएको सूचना जारी गरेको हो ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र यस सचिवालयमा प्राप्त हुन आएकाले प्रतिनिधिसभाका माननीय सदस्य विजयकुमार गच्छदार भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम २०७७र१०र२२ देखि स्वतः निलम्बन हुनुभएकोले यो सूचना प्रकाशित गरिएको छ,’संसद सचिवालयका निमित्त महासचिव गोपालनाथ योगीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।

भ्रष्टाचार निवारण ऐन अनुसार भ्रष्टाचारविरुद्ध मुद्दा परे सार्वजनिक पद स्वतः निलम्बन हुने व्यवस्था छ। विपक्षी कांग्रेसले भने गच्छदारलाई फसाएको भन्दै सदनदेखि सडक तताई रहेको छ ।