Tuesday, 02, March, 2021 info@saipalnews.com

डोटीमा फोटो पत्रकार महासंघको कार्यसमिति गठन

माघ २४ डोटी । नेपाल फोटो पत्रकार महासंघ डोटीको अध्यक्षमा पवन महरा चयन हुनुभएको छ। शुक्रबार जिल्लामा क्रियाशिल पत्रकारहरूको आम भेलाबाट महराको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरिएको हो । महासंघको उपाध्यक्षमा सरिता कठायत,सचिवमा विक्रम खड्का,सह-सचिवमा तेज ओली र कोषाध्यक्षमा नारद नेपाली चयन हुनुभएको छ । सदस्यहरूमा मोहन पनेरू,गणेश कठायत,एकेन्द्र चन्द र किरण धामी चयन हुनुभएको छ ।

साथै तीन सदस्यीय सल्लाकार रहने गरि पत्रकार महासंघ डोटी साखाका अध्यक्ष योगेन्द्र बलायर,प्रेस संगठन डोटीका संयोजक कर्ण चन्द र प्रेस युनियन का अध्यक्ष प्रकास वम सल्लाहकार रहनु भयको छ ।

फोटो पत्रकार महासंघको नेपालका सबै जिल्लाहरूमा शाखा विस्तार गरिएको छ । संघीयता अनुसार जिल्ला प्रदेश र संघमा समेत महासंघको सञ्जाल रहेको छ । महासंघले व्यवसायीक फोटो पत्रकारहरूको हकहित तथा क्षमता अभिबृद्धि,पर्यटन,कला संस्कृति, धार्मिक तथा ऐतिहाँसिक ठाउँको प्रचारप्रसार लगाएतका क्षेत्रमा काम गर्ने अध्यक्ष महराले बताउनुभयो ।