Tuesday, 02, March, 2021 info@saipalnews.com

बुहारी हत्या गर्ने जेठाजु पक्राउ

माघ २४ताप्लेजङ । पाथिभरा याङओरक गाउँपालिका–२ थ्येचम्बुमा आज साँझ ४३ वर्षीय जेठाजु पूर्णकुमार लिम्बूले ३५ वर्षीया बुहारी शुकमायको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले  पूर्णकुमारलाई पक्राउ गरेको छ । पूर्णकुमारले घर नजिकैको बाटो हिँडिरहेको समयमा बुहारीलाई खुकुरीले टाउको र घाँटीमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पूर्णकुमारलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँल जानकारी दिनुभयो ।