Saturday, 28, November, 2020 info@saipalnews.com

भ्रष्टाचारी कसैलाई नछोड्ने नेता खनालको दावा

माघ २५महोत्तरी । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भ्रष्टाचार गर्ने जुनसुकै दलको नेता भएपनि कारबाही हुनु पर्ने ठोकुवा गर्नु भएको छ । शनिबार महोत्तरीको बर्दिवासस्थित भएको आधारशिलाको १७ औं बार्षिकोत्सवमा बोल्दै नेता खनालले आफ्ना दलका नेता भ्रष्टाचारी छन् भने तीनलाई पनि पक्राउ गर्ने पर्ने बताएका हुन् ।

भ्रष्टाचारी जो जोकोही जोस् त्यो देश र जनताको सत्रु हो भन्दै नेता खनालले कडा कारबाही गर्ने बताउनु भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुशासन कायम गर्न ठीक काम गरिरहेको भन्दै वरिष्ठ नेता खनालले भने ललित निवास जग्गामा मुचिएका कोही पनि उम्कन पाउँदैन् । ढिलो चाँडो सबैलाई मुद्धा चलाएर कारबाही गरी छोड्ने बताउनु भयो ।

भ्रष्टाचारीलाई कारबाही हुनैपर्छ, या त्यो पूर्व प्रधानमन्त्री होस् या मन्त्री किन नहोस् अख्तियारले सबैलाई ठीक पार्नु पर्ने नेता खनालको जोड् थियो । मुलुकमा सुशासन कायम हुनुपर्ने भन्दै नेता खनालले कुनै भ्रष्टाचारीलाई राखेर मुलुक र समाज रुपान्तरण गर्न नसकिने दावा गरेका छन् । कम्युनिस्ट शाषणमा पनि सुशासन नआए कहिले आउने ? भन्दै नयाँ कानूनलाई टेकेर पनि मुलुकमा सुशासन कायम गर्नु अपरिहार्य रहेको बताए ।

कार्यक्रममा नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठले नेकपाका नेता भ्रष्ट भए अख्तियारले समात्नु् पर्ने बताए । ललिता निवासको जग्गा प्रकरणमा अख्तियारले मुद्दा चलाएपछि विपक्षी दलले सत्तारूढ दलले आफ्नालाई जोगाएको भनी अभिव्यक्ति दिनु ठीक नभएको प्रवक्ता श्रेष्ठले बताउनु भयो ।