Wednesday, 28, October, 2020 info@saipalnews.com

१ कदम अगाडि २ कदम पछाडि

माघ २६ काठमाडौँ । मानव अधिकारवादी र प्रमुख प्रतिपक्ष कांग्रेसका नेताले नेपाल एक कदम अगाडि बढेर दुई कदम पछि हटेको काँग्रेसका युवा नेता गगन थापाले बताउनु भएको छ ।  कान्तिपुर कन्क्लेभको ‘नेपाल अगाडि कि पछाडि’ भन्ने विषयक बहसमा सो कुरा बताउनु भएको हो । शनिबार राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी र कांग्रेस नेता गगनकुमार थापाले मानव अधिकार, नागरिकको व्यक्तिगत स्वतन्त्रता, समावेशितालगायत विषयमा सरकारले गरेका गतिविधिले मुलुकलाई दुई कदम पछाडि धकेलेको दाबी गरेका हुन् ।

सरकारका तर्फबाट बहसमा उपस्थित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने सरकार ठीक गतिमा अघि बढिरहेको दाबी गरे । बहसकी सञ्चालक नारायणी देवकोटाले राखेको ‘नेपाल अगाडि कि पछाडि’ भन्ने प्रश्नमा अन्सारीले त्यसलाई आफूले पाँच ‘स’ बाट हेरेको बताइन् । नेपालमा सबैले सहानुभूति, समानता, सहभागिता, सहअस्तित्व र स्वामित्वको अनुभूति पाएका छन् कि छैनन् भन्ने मुख्य प्रश्न रहेको उनको भनाइ थियो । उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै रहेको उल्लेख गर्दै त्यसमा समावेशी लोकतन्त्र महत्त्वपूर्ण रहेको बताइन् ।

हामी सबै पञ्चायतकालदेखि प्रजातन्त्र र लोकतन्त्रमा जसरी आएका छौं, त्यसमा यी पाँच ‘स’ ले महत्त्वपूर्ण अर्थ राख्छन्, लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सामाजिक न्याय, मानव अधिकार र कानुनी शासन हो,’ उनले भनिन्, ‘अभिव्यक्ति स्वतन्त्रता सरकारको नियन्त्रणबाहिरको कुरा हो । यो आफ्नो गुण र क्षमताका आधारमा हुने हो ।