Thursday, 13, August, 2020 info@saipalnews.com

विद्यार्थीको हकहितको लागि धेरै काम गरेका छौँ

काठमाडौँ । व्यवस्थापन शंकायमा स्नातकोत्तर,गरेर पुनः विएसडब्लु विषय स्नातकमा अध्ययनरत कृष्ण रोकायाले विद्यार्थी आन्दोलनको एक शसक्त योद्धाको रुपमा चिनिन्छन् । बझाडको थलारा गाउँपालिकामा जन्मीएका रोकायले विद्यार्थी आन्दोलनमा जेलजिवन समेत विताएका थिए । २०६३ साल देखी अनेरास्वीयुको प्रारम्भीक कमिटी हुँदै प्लस्टु इकाई कमीटीको अध्यक्ष हुँदै २०६६ सालमा कैलाली वहुमुखी क्यम्पस इकाइ कमीटी सदस्य हुँदै अध्यक्ष भएर काम गरेको अनुभव बटुलेका उनले २०७४ साल जेठ ९ गते भएको कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियुन अनेरास्वीयुबाट सचिब पदमा निर्वाचित भएका थिए ।

क्याम्पसमा विद्यार्थीका हकहितमा खरोरुपमा प्रस्तुत हुने रोकाया निर्वाचित पछि विद्यालयको शैक्षिक गुणस्तर देखी भौतिक सुधारमा महत्वपुर्ण योगदान पुराउन सफल भएका छन ।   यसै सन्दर्भमा रहेर कैलाली बहुमुखी क्याम्पसका स्ववियु सचिव कृष्ण रोकायासंग साइपाल न्यूजका रिपोर्टरलक्ष्मीप्रसाद जैशीले गरेको कुराकानीको एक अंश प्रस्तुत छ ।

तपाइले स्ववियु चुनाव जितेपछि विद्यार्थीको हकहितका लागि विद्यालयमा के के उपलब्धी भयो ?

तपाईले धेरै राम्रो प्रशंग उठाउनु भयो, वास्तवमा हामीले  चुनावतका बेला विद्यार्थी माझ राखेका धेरै कुराहरु गरिसकेका छौं । हामीले गरेका यतिकामले पुर्णता भने अझै पाउन सकेको छैन । सबै भन्दा पहिले हामीले भर्ना गर्दा, परिक्षा फर्मको पैसा बुझाउँदा दिनभर लाइन बस्नु पर्ने व्यवस्थाको अन्त्य गरेका छौं । विद्यालय हाताभित्र हामीले कृषि विकास बैंकको शाखाबाट सहजरुपमा विद्यार्थीलाई सेवा दिन सफल भयौं ।

यस्तै कलेजमा इन्जिनियरिङ विषयको लागि १३ भवन निर्माणको लागी राष्टिय योजना आयोगको बजेट १३ करोड बजेट विनियोजन, प्रदेशको सामाजिक विकास मन्त्रालयबाट आइसीटी म्यानेजमेन्टहल पुष्तकाल, घेरापर्खाल, विब्लकमा अत्याधुनिक महिला शौचालष्य, विविए र आरडि विषयमा डिग्रीको कक्षा सञ्चालन, विद्यालयमा मेघाहलको निर्माण प्रक्रिया अघि बढेको छ । हाम्रै पहलमा विभिन्न सरकारको लगानीमा छात्रावास आगामी चैत्र महिना भित्र विद्यालयलाई हस्तान्तरण गर्ने गरी काम भैरहेको छ । यसलाई पनि प्रगति नै मान्नु पर्छ ।

विद्यार्थीको लागि ठयाक्कै देखिने के के काम गर्नु भयो ?

मैले धेरै कुरा अघि भनिसके । चुनावको घोषणापत्रका सबै काम गरिरहेका छौं । धेरैकामहरु हुँदैछन् । चरणबद्धरुपमा हामी लागि परेका छौं । जेहेन्दार विद्यार्थीको लागि छात्रबृत्ति, पिछडिएका, गरिव विद्यार्थीहरुका लागि छात्रबृद्धिका दिलाएका छौं । एक विद्यार्थी एक खाता निशुल्करुपमा भन्ने अभियान शुरु छ । विद्यालयको सि व्लकमा सिसीटिभी क्यामेरा राख्ने काम केही दिनमै पुरा हुँदैछ । स्वतन्त्र विद्यार्थी युनियनको छुट्टै भवन निर्माण भएको छ । विद्यालयमा आमसञ्चार विषयलाई प्रभावकारी बनाउन एफएम सुचारु भएको छ ।

यति धेरै काम गरयौं भन्नु भयो श्रोत कहाँ बाट ल्याउनु भयो ? 

अहिले नेपालमा तिनवटा सरकार छन । संघ, प्रदेश र स्थानीय हामीले तिनै तहका सांसद, मन्त्री, प्रमुखहरुसंगको समन्वयमा र हाम्रो पहलमा धेरै काम भएका छन । तपाईलाई  थाहानै छ । अहिले प्रदेश र संघ सरकार नेकपाको छ  । त्यसैले पनि हामीलाई सहयोग जुटिरहेको छ । काम भइरहेको छ ।

तपाईले विद्यार्थी सामु चुनावका् बेला गर्नु भएका सबै वाचा पुरा भएकी अझै बाँकी छन् ? 

तपाइले महत्वपुर्ण प्रशंग उठाउनु भयो । हाम्रो करिव ७ महिना त मुद्धामै वित्यो । नेविसंघले आफ्नो हार स्विकार्न नसकेर मुद्धा चलायो । जीत हाम्रै थियो खाली हामीलाई दुःख दिने नियतले मुद्धा हाल्यो । त्यसले केही ढिलाई पनि भयो । २०७४ को मंसिरमा हाम्रो पदभार ग्रहण गर्यौं । धेरै वर्ष पछि भएको निर्वाचनमा विद्यार्थीहरुको समस्या र अपेक्षा बढ्नु स्वभाविक कुरा हो । तर हाम्रो काम विद्यार्थीका हरेक पिरमर्कामा साथ दिने हो ।

विद्यार्थीको आवश्यकतालाई क्याम्पस प्रशासन र व्यवस्थापनसंग समन्वय गर्ने र विद्यार्थीको सर्वाङगीण विकासको लागि निरन्तर खबरदारी गर्ने जिम्मेवारी हाम्रो हो । हामी त्यसैमा तल्लीन भयौं । हामी आइसके पश्चात धेरै कामहरु अघि बढेको सबैले देख्न सक्नु हुन्छ । अब कुरा रह्यो हामीले आफ्नो प्रयास जारी राखेका छौं । चुनावमा बोलेका सबै बाचा पुरा गर्न हामी रातदिन लागिरहेका छौं धेरै कामहरु शुरु भैसकेका छन । ति काम पुर्णगर्नु आफ्नो मुख्य दायित्व सम्झेर लागेका छौं ।

कैलाली बहुमुखी  क्याम्पस प्रदेशकै इतिहास बोकेको क्याम्पस पनी हो काम गर्दै जाँदा चुनौतीहरु के के देख्नु भयो ?

हो हरेक काम गर्न जति चुनौती हुन्छ । पदमा बसेर जिम्मेवारी सम्हाल्न बाहिर बोले जस्तो नहुँदो रहेछ । हरेककाम वाधा व्यवधान आउँदा रैछन । तर निरन्तर जिम्मेवारीपुर्वक लाग्यो भने सम्भव हुँदो रहेछ । हामीले शुरुमा कसरी जाने भन्ने नै मुख्य चुनौती भएपनि विस्तारै विद्यार्थीका हकहितका विभिन्न विषयबस्तु उठान गरेरै छाड्यौं ।

क्याम्पस र विद्यार्थीको लागि विकासका लागि आगामी योजना के के छन ?

हे हामीले धेरै कामको सुरुवात गरेका छौं। केही कामहरु अधुरा छन ती पुरा गर्नु पर्ने हाम्रो पहिलो दायित्व छ । यस्तै हामीले क्याम्पसमा नयाँ विषय बस्तुका कक्षाहरु सञ्चालन गर्नु पर्ने देखिएको छ । अहिलेको २१ औ प्रविधिको युगमा प्रविधिलार्इ बढी जोड दिनुपर्ने टडकारो देखिएको छ । हामीले अब क्याम्पसमा प्राविधिक तर्फका कक्षाहरु सञ्चालनको लागि विभिन्न पक्षलाई झकझक्याइ रहेका छौं । विद्यालयमा एमविए लगाएतका कक्षाहरु सञ्चालनको लागि दवाव श्रृजना गरीरहेका छौं ।

अन्तिममा केही छ भन्नै पर्ने ?

सबै कुरा भनिनै सके । मलाई मेरा कुरा राख्ने मौका दिनु भएकोमा तपाई र साइपाल न्यूजलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । आगामी दिनमा पनि हामी विद्यार्थीको हकहितका लागि तल्लिन भएर काम गर्ने छौँ भन्न चाहान्छु । धन्यवाद ।

  • कृष्ण रोकाया स्ववियू सचिब कैलाली बहुमुखी क्याम्पस