Saturday, 19, September, 2020 info@saipalnews.com

सुखा बन्दरगाह तत्काल शुरु हुन्छ : मन्त्री भट्ट

माघ २६ कैलाली । कञ्चनपुरमा निर्माण गरिने सुखा बन्दरगाहको काम तत्काल अगाडि बढ्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बताएका छन् । आइतबार सुदूरपश्चिमको राजधानी गोदावरीमा पत्रकारसँग कुरा गर्दै मन्त्री भट्टले बन्दरगाह निर्माण स्थलमा तरबार र पर्खाल लगाउने काम तत्काल सुरु गर्ने बताउनु भयो ।  ‘मन्त्रालयको जम्बो टोलीसहित सुदूरपश्चिम पुगेका मन्त्री भट्टले भने हामीले सुख्खा बन्दरगाहको स्थलगत निरीक्षण ग-यौं ‘अब तरबार र पर्खाल लगाउने काम शुरु हुने भन्दै पत्रकार सम्मेलनमा जानकारी दिए ।

मन्त्री भट्टले पहिलो चरणमा खाली रहेको निर्माणस्थलमा तरबार र पर्खाल लगाउने काम गर्ने र दोस्रो चरणमा अपुग भएको जग्गाको लागि पुनर्स्थापनको काम अगाडि बढाउने बताए । सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक करिडोर निर्माणको अवस्था र सम्भाव्यता अध्ययनको लागि मन्त्री सहित प्राविधिक टोली  सुदूरपश्चिम पुगेको हो ।