Saturday, 24, October, 2020 info@saipalnews.com

मन्त्री शाहले बचाए एक बालकको ज्यान

माघ २७ बाजुरा । घरको छतबाट लडेर घाइते २२ महिने बालकलाई उपचारका लागि नेपालगज्ज लगिएको छ । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ६ का भीमप्रसाद पाण्डेका २२ महिने छोरा किस्मत पाण्डे छतबाट लडेर घाइते भएपछि जिल्ला अस्पताल पुर्याएका थिए । त्यहाँका उपचार सम्भव नहुने भएपछि  सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाहको पहलमा बालकलाई थप उपचारका लागि हेलिकप्टर चार्टर गरेर नेपालगज्ज रिफर गरिएको हो।

एउटा कार्यक्रमको शिलशिलामा बाजुरामा रहेका मन्त्री शाहले जिल्ला अस्पतालमा घाइते बालकको उपचार सम्भव नभएपछि प्रदेशको आन्तरिक मामिला मन्त्रालयको आर्थिक ब्यवस्थापनमा  नेपाली सेनाको हेलिकप्टरबाछ बालकलाई थप उपचारका लागि नेपालगज्ज मेडिकल कलेज पुर्याएको बताए । आर्थिक अवस्था नाजुक भएको पाण्डे परिवारलाई सहयोग गरेकोमा स्थानीय जनताले मन्त्री शाहको जय जयकार गरेका छन् ।