Sunday, 25, October, 2020 info@saipalnews.com

उद्यमी युवा समृद देश

माघ २७ काठमाडौँ । नेपाल युवा परिषदको प्रदेश स्तरित युवा सम्मेलन बागमती  प्रदेशमा हुने भएको छ । उद्यमी युवा समृद्ध देश ?  दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने मूल नाराका साथै सम्मेलन भोलीदेखि  हुन लागेको हो । नेपाल युवा परिषद बागमती प्रदेशको आयोजनामा दुई दिने प्रदेश स्तरीय युवा सम्मेलन हुने भएको हो ।

प्रदेशका १३ वटै जिल्लाका करिव २०० जना युवाहरूको उक्त सम्मेलनमा सहभागिता हुने नेपाल युवा परिषद केन्द्रीय सदस्य भीमबहादुर साउदले जानकारी दिनु भयो ।  पहिलो प्रदेश युवा सम्मेलनमा युवाहरूले दुई दिनसम्म जलवायु परिवर्तन, भीजिट नेपाल २०२० मा युवा उद्यमशिलता, दिगो विकासका लक्ष्य लगायतका विषयहरूमा विभित्र किसिमको अन्तरक्रिया हुने केन्द्रीय सदस्य साउदले जनाएका छन् ।

साथै सम्मेलनको अन्तिम दिन प्रदेश स्तरिय कार्ययोजना निर्माण गरिनेछ । उक्त  कार्ययोजना बागमती प्रदेश सरकार, राष्ट्रिय योजना आयोग तथा विभिन्न सरोकारवाला निकायहरूमा बुझाइनेछ जसले गर्दा आगामी वर्ष सरकारले बनाउने निती तथा कार्यक्रम निर्माण गर्ने टेवा पुग्नेछ भन्ने विश्वास रहेका नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष सरोज बानियाँले वताउनु भएको छ । यस अघि नेपाल युवा परिषदले ६ वटै प्रदेशमा प्रदेश स्तरिय युवा सम्मेलन भव्यताका साथ गरिसकेको छ ।