Wednesday, 02, December, 2020 info@saipalnews.com

डोटीमा बँदेलको आक्रमणबाट एक महिला घाइते

डोटीमा बँदेलको आक्रमणबाट महिला घाइते भएकी छन् । डोटीकोे केआइसिंह गाउँपालिका ७ चौडकी तुल्छी भण्डारी गम्भीर घाइते भएकी हुन्। । कुराउलो सामुदायिक वनको बाटो हुँदै शिखर नगरपालिका १ कपल्लेकी आफन्तको घर जाँदै गरेको अवस्थामा आइतबार बँदेलले आक्रमण गरेको थियो। घाइते भण्डारीको राजपुर स्थित सुजंङ्ग अस्पतालमा उपचार भइरहेको छ। आक्रमणबाट घाइते महिलाको अनुहार क्षतविक्षत भएको सुजङ्ग अस्पतालका डाक्टर मोहन पुजारीले जनाकारी दिएका छन् ।