Saturday, 28, November, 2020 info@saipalnews.com

ओली–गौतमबीच भेट ! किन ग-यो गौशालामा गोप्य बैठक

माघ २८ काठमाडौं । पूर्वसचिव पत्नी हत्या प्रकरण विषयलाई राजधानीबाट प्रकाशित पत्रपत्रिकाले प्रथामिकताका साथ छापिएका छन् ।  यस्तै  नेपाल भित्रिएको गैरकानूनी लगानी, ओली पक्षधर नेताको भेटघाट लगाएका प्रुंगलाई पनि प्रथामिकताका साथ समेटिएका छन् । हत्यापछि आत्महत्या’ शीर्षक दिएर कान्तिपुरले पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको घरेलु कामदारबाट भएको हत्याबारे मुख्य समाचार बनाएको छ ।

पूर्वसचिवको घरका कामदार विजय चौधरी पनि झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । घटनाको विवरण छापे पनि यसको कारणबारे भने कान्तिपुर समाचारमा उल्लेख छैन ।

गैरकानूनी रूपमा भित्रिएको विदेशी लगानीमाथि पनि कान्तिपुरको नजर परेको छ । कान्तिपुरका अनुसार हालसम्म ११ अर्ब रुपैयाँ विदेशी लगानी प्रक्रिया पूरा नगरी भित्रिएको भेटिएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईको नेतृत्वमा गठित समितिले २७ कम्पनीले कानूनी प्रक्रिया पूरा नगरी ९ करोड ८५ लाख ९१ हजार ३ सय ४९ अमेरिकी डलर भित्रिएको फेला पारेको हो ।

पार्टी र सरकार आलोचित बन्दै गएपछि रक्षात्मक अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरूले रणनीतिक बैठक गरेको अर्को खबर पनि कान्तिपुरमा छ ।काठमाडौंको गोशालास्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयमा ओली पक्षधर नेताको छुट्टै भेला भएको हो । भेलामा सरकार र पार्टीको काम कसरी प्रभावकारी बनाउने छलफल भएको सहभागीलाई उद्धृत गर्दै कान्तिपुरले समाचार लेखेको छ ।

समाचार अनुसार सरकारको नियमित काम, एमसीसी, यती होल्डिङ्ससँगको साइनोलगायत विषयमा सरकार र प्रधानमन्त्री ओलीलाई अनावश्यक घेराबन्दीमा पारिएको भन्ने मुद्दा छलफलका एजेन्डा थिए । सहभागी एक नेताको भनाइ कोट गर्दै लेखिखएअनुसार सरकारका राम्रा कामको प्रचारप्रसारमा कमी भएको र पार्टीमा पनि आफ्नो पक्षभन्दा अरु पक्ष हाबी हुन खोजेको विषयमा गम्भीर समीक्षा भएको थियो ।