Saturday, 28, November, 2020 info@saipalnews.com

जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न,पूजा शाह प्रथम

माघ २८ अछाम । शिक्षाको रुपान्तरणमा युवाको भूमिका विषयमा जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिता मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषदको सहयोग तथा मंगलसेन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको बक्तृत्वकला प्रतियोगितामा बान्नीगढी जयगढ गाउँपालिकाबाट सहभागि पूजा शाह प्रथम, तुर्माखाँद गाउँपालिकाका टिकाराम देवकोटा द्धितिय र साँफेबगर नगरपालिकाका पूजा बुढा तृतिय भएका छन ।

जिल्ला स्तरमा भएको प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले प्रदेशमा भएका छन् । साथै बिजेताहरुले आगामी दिनमा हुने प्रदेश स्तरिय बक्तृत्वकलामा सहभागिता जनाउन पाउने मंगलसेन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बृकेशसिंह बोगटीले बताउनु भयो । मंगलसेन नगरपालिकाका प्रमख प्रशासकीय अधिकृत लोकबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रमको उदघाट्न नगर प्रमुख पदमबहादुर बोहराले गर्नु भएको थियो ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय सहीत सहभागिलाई नगद पुरुस्कार सहीत प्रमाणपत्र वितरण गर्दै मंगलसेन नगरपालिकाका,उपप्रमुख सरिता उपाध्यायले शिक्षा गुणस्तर सहीत प्रभाबकारी हुनुमा युवाको भूमिका महत्वपुर्ण हुने बताउनु भयो । हरेक क्षेत्रमा युवाको आवश्यकता भएकाले युवा शिक्षित बन्दै जानुपर्ने बताउनु भयो । बक्तृत्वकलाले प्रतिभा पहिचान गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जानुपर्ने बताउनु उपप्रमुख उपाध्यायाले बताइन् ।

कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ४ का अध्यक्ष पदमबहादुर धामी, २ का अध्यक्ष मानबहादुर बोगटी, जिल्ला युवा संञ्जाल अछामका सचिव कमल रावल लगाएतका अतिथीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको निर्णायक मण्डलको भूमिका शोडषा माध्यामिक विद्यालयका शिक्षक धनकुमार केसी मंगलसेन नगरपालिकाका योजना अनुगमन तथा मृल्याकन अधिकृत खगेन्द्र सोडारी र रोजगार संयोजक लक्ष्मण शाही रहेका थिए ।

कार्यक्रमको संचालन मंगलसेन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बृकेशसिंह बोगटीले गर्नु भएको नगरपालिकाका एमआई एसअपरेटर होम साउदले जानकारी दिनु भयो ।