Thursday, 29, October, 2020 info@saipalnews.com

छाउपडी गोठमुक्त अभियानमा नेपाल राष्ट्रिय शिक्षक संगठन अछाम

माघ २८ अछाम । छाउपडी गोठमुक्त अभियान तथा सुरक्षित महिनावारी प्रवर्द्धन अभियानमा नेपाल राष्ट्रिय शिक्षक संगठन अछामले एक्यबद्धता जनाएको छ । आज एक बिज्ञप्ति जारी गर्दै संगठनले अभियानमा एक्यबद्धता जनाएको हो । संगठनका जिल्ला अध्यक्ष जानकी बोहराद्धारा हस्ताक्षरित बिज्ञप्तिमा सामाजिक न्याय प्राप्ति ,शोषण रहित , भेदभाबमुक्त , समृद्धशाली समाज निर्माण तथा विभिन्न बिकृति बिसंगतिहरुको बिरुद्धमा शिक्षक संगठनले यो भन्दा पहिले पनि बिभीन्न क्रियाकलाप गर्दै आएको र हाल जिल्लामा सञ्चालित यस महान अभियानमा पनि संगठनको शसक्त सहयोग रहने उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा भनिएको छ ूमहिला बिरुद्ध हुने सबै प्रकारका हिंसा , भेदभाब , सामाजिक बिकृति बिसंगति बिभिन्न प्रकारका कुसंस्कार तथा रुढीबादी परम्पराको बिरुद्धमा शिक्षक संगठनको पंक्ति समाजलाई प्रशिक्षित गर्ने तथा परिचालन गर्ने काम गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा मुलतः शुदुरपश्चिम प्रदेशमा पुस्तौँदेखी चेतनाको कमीले मान्दै आईरहेको छाउ प्रथा र महिनावारी हुँदा गोठमा बस्नु पर्ने, दैनिक कामकाजबाट बिमुख हुनुपर्ने कुसंस्कारका रुपमा रहेको प्रथाको बिरुद्धमा हामी लागी रहेका छौँ  विज्ञप्तिमा उल्लेख छ । हालै सरकारले अभियानको रुपमा सञ्चालन गरिरहेको छाउगोठ भत्काउने अभियानलाई शिक्षक संगठनले सम्मान र समर्थन गर्ने संगठनले जनाएको छ ।

शिक्षक संगठन अछामले २०७३ सालमा जिल्लाभरका महिला शिक्षकको उपस्थितिमा महिला भेला गरि छाउपडी कुप्रथा विरुद्ध एकजुट हुन, कुप्रथा बिरुद्ध जनचेतना जगाउँदै सबैलाई घरमै सुरक्षित बस्न आग्रह गरेको थियो । साथै संगठनले महिला शिक्षक महिनावारी भएको बेला बाहिर बसेमा वा अरु शिक्षकले बाहिर बस्न लगाएमा कारबाही गर्ने निर्णय समेत गरेको थियो ।

छाउगोठमै महिला तथा किशोरीको ज्यान जाने तथा हिंसामा पर्न थालेपछि हाल सरकारको निर्देशनमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउगोठ भत्काउने अभियान जारी रहेको छ । अछाम जिल्लामा मात्रै हालसम्म करिब ५ हजार छाउगोठ भत्काईएका प्रहरीले जनाएको छ । जिल्लालाई आउँदो फागुन मसान्तसम्म छाउगोठ मुक्त घोषणा गर्ने निर्णय भैसकेको छ भने वडा तथा स्थानीय तह छाउगोठ मुक्त घोषणा गरिरहेका छन् ।