Thursday, 03, December, 2020 info@saipalnews.com

ट्रयाक्टर दुर्घटना ४ जनाको मृत्यु, ११ जना घाइते

माघ २९नवलपरासी । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका– ३ छरछरेमा मंगलबार साँझ भएको ट्रयाक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । ११ जना घाइते भएका छन् ।दुर्घटनामा बुलिङ्गटार–३ छरछरे गाउँका नरबहादुर सुस्लिंग , यानसिंह सारु, पूर्ण थापा, लिलाबहादुर सारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय ट्रयाक्टरमा सवार १५ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।घाइते ११ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। प्रहरीले केही बेर अगाडि घाइतेहरुको उद्धार गरी उपचारका लागि कावासोती र चितवन पठाइएको छ।

अनियन्त्रित भएर ट्रयाक्टर दुर्घटनामा परेको बताइए पनि घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।दुर्घटनास्थल महेन्द्रराजमार्गको रजहरबाट १२ किलोमिटर उत्तर पहाडमा पर्दछ। कच्ची सडक भएकाले ट्रयाक्टरमै स्थानीय आउजाउ गर्छन्।