Saturday, 26, September, 2020 info@saipalnews.com

स्ववियु निर्वाचनदेखि नेविसंघ डरायो : नेता सिंह

माघ २९ काठमाडौँ । अनेरास्ववियु नेता पन्चा सिंंहले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट नेविसंघ डराएको आरोप लगाउनु भयको छ । विद्यार्थीहरुको हकहित र अधिकार सुनिश्चित गर्ने सम्पुर्ण विद्यार्थीहरुको छाता सङगठनको रुपमा रहेको स्ववियु निर्वाचन यही फाल्गुन १४ गर्ने त्रिभुवन विश्वविद्यालयल प्रश्ताप गरेपनि नेवि संघ देशभरी पराजित हुने डरले निर्वाचनदेखि भागेको सिंहले बताएकी छन् ।

यसरी नेवि संघ भाग्नु विद्यार्थीको हकहित विपरित भएको नेता सिंहको दाबी छ । अनेरास्ववियू पद्मकन्य क्याम्पस द्वारा आयोजित नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेता सिंहले यो मुलुकमा त्याग तपस्या बलिदान र संघर्षबाट स्थापित गौरवमय एतिहास बोकेको एक मात्र संगठन, बिशेष गरि महिला मुक्तिको आवाज उठाउने संगठन, राष्टियता र जनजिविकाका सवालमा अग्र मोर्चामा रहने सङगठन अनेरास्ववियू भयकाले स्वनियु निर्वाचनमा अत्याधिक बहुमतले बिजय गराउनु पर्ने नेता सिंहको भनाइ छ ।