Saturday, 26, September, 2020 info@saipalnews.com

कैलालीमा ४१ थान अबैध काठ बरामद

माघ २९  कैलाली । गोदावरी नगरपालिका वडा नम्बर १० वाट अवैध रुपमा लुकाएर राखेको काठ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले बुधबार विहान काठ  बरामद गरेको हो । घण्टेश्वर सामुदायिक वन उपभोक्ता समुह अन्तरगत विभिन्न घरमा अबैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा ४१ थन कडी पट ,गोलीया सहित ६२ दशमलव ७६ क्युफिट काठ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले बिशेष सुचनाको आधारमा ठुलो परिणाममा काठका गोलीया र चिरान गरेर राखेका कडीहरु बरामद गरेको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार हिजो रातिदेखि छापामारे पनि  काठ विहान मात्र बरामद गर्न सफल भएको बताए । स्थानीय कमलबहादुर बिष्ट र चन्द्रमान बिष्टको घरमा लुकाएको अवस्थामा काठ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद काठ वन कार्यालयलाई बुझाइएको छ । यस्तै काठ तस्करीमा संलग्न रहेको भन्दै जनप्रभात माध्यामिक विद्यालयका प्रअ ,घण्टेश्वर सामुदायिक वनका अध्यक्ष चन्द्रमान बिष्ट, र स्थानीय कमल बिष्ट समेत पक्राउ गरेर वन कार्यलयलाई बुझाएको प्रहरीले जनाएको छ । तर, वन डिभिजन कार्यालय कैलालीका वन अधिकृत रामनारायण यादवले भने प्रहरीले पक्राउ परेका मान्छे वन डिभिजन कार्यालयमा नबुझाएको बताएका छन् ।